साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजा – १

खर्चै नौ महिना बजेट नगरी साँची बसेको मजा बर्खाको महिना असार बिचको ठेक्कापटा झन् मजा ! ठेक्का भाइ र जेठुमा अझ परोस्, उम्केर काहीँ नजा यस्तो औसरमा हिसाब गरिँदा कैल्यै नभाको मजा !

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

कोदालो करमा लिएर घरको बारी नखन्दै मजा
छायामा छलिँदै पुछेर पसिना खेती नगर्दा मजा !
कोदो धान कपास आलु अदुवा बाली नलाए मजा
अर्बौँ खर्च गरेर अन्न परको ल्याएर खाए मजा !१।

पठ्ठा मानिस गाउँ वा सहरमा राख्दै नराखे मजा
ठेल्दै बाहिर रेमिट्यान्स परको खाएर बस्दा मजा !
कार्खाना किन चाहियो र अहिले खोल्दै नखोल्दा मजा
उद्योगीसँग नै मिलेर दुनियाँ ठग्दा हुने झन् मजा !२।

जङ्गी संसदमा पसेर सुरिला कुरा गरेको मजा
दोस्राको मत सुन्नु छैन बरु ता उँघी बसेको मजा !
पस्नासाथ छिटै उपस्थिति गरी अन्तै गएको मजा
उफ्री माइक झ्याल मेच खटिया भाँच्दै हिँडे झन् मजा !३।

बाटो घाट बजारमा सुरसिला भाका छरेको मजा
मालाले भरिलो गला, छिनछिनै ताली बजेको मजा !
लावालस्कर होस् सधैँ अधिनमा आफ्नै अहा क्या मजा
तारे होटलको कबाफ मदिरा चुस्की असाध्यै मजा !४।

खर्चै नौ महिना बजेट नगरी साँची बसेको मजा
बर्खाको महिना असार बिचको ठेक्कापटा झन् मजा !
ठेक्का भाइ र जेठुमा अझ परोस्, उम्केर काहीँ नजा
यस्तो औसरमा हिसाब गरिँदा कैल्यै नभाको मजा !५।

सुन्नुस् सज्जन हो ! यहाँ सबतिरै भयो बडाको मजा
सोझाको घरबास जिङ्ग्रिन पुग्यो, भाग्यो कता त्यो मजा ?
नाफाखोरहरू मिली परपरै बाँडेर लिन्छन् मजा
पार्दैछन् मुलुकै धराप र कठै ! यो लोकतन्त्रै धुजा !६।

०००
इटहरी, सुनसरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x