कृष्णप्रसाद गाैतमतीन ठाेक्तक
महाशय ! स्वार्थको पनि त हद हुन्छ होला नि अब मन पगाल्नुस् हजुर ! राष्ट्रको हाल वेपत्ता छ !

कृष्णप्रसाद गौतम :
(१)
छक्का पञ्जाको खेल सधैँ यहाँ सत्ता नाउँको भयो
एउटा तिलस्मी इतिहास बन्ने पक्का यही ठाउँको भयो
डोरी तानान र वचन हानाहान चलिरहन्छ यहाँ सधैँ
कहीँ नभएको अनौठो जात्रा यहीँ हाँडी गाउँको भयो ।
(२)
नौलो छहुन्जेल नौपुला भन्छन्, आपसमा खुब तेल घस्छन् होला
जब आपसी स्वार्थ बाझ्छ, एकले अर्कालाई मजाले डस्छन् होला
डाडु पन्युँसहित नाच्ने बानी छ आँगनमा, के गर्नु र पाहुनाले ?
सिंह हौँ भन्छन् जब मोटाउँछन्, कसरी एउटै खोरमा बस्छन् होला ?
(३)
सपना विपना हरपल आँखामा मनमा सत्ता छ
जे गरे जसो गरे पनि मिलाउनु पर्ने भत्ता छ
महाशय ! स्वार्थको पनि त हद हुन्छ होला नि
अब मन पगाल्नुस् हजुर ! राष्ट्रको हाल वेपत्ता छ !
०००
इटहरी , सुनसरी ।
२०८०/०३/२१
Subscribe
Login
0 Comments
Oldest






































