साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जस्सरी नि साँचो बोल्छ !

हो यसरी यहाँ कोही जिस्किएर साँचो बोल्छ कोही रिसाएर साँचो बोल्छ अरुलाई होचो, निर्धो, कुरुप र कमजोर देखाउन मान्छे मौका मिलाएर साँचो बोल्छ ।

Nepal Telecom ad

सुरेश राई :

सुरुमा ऊ
तँ होचो पुड्को होस् भन्छ
तँ गरीब बेरोजगार छस् भन्छ
तँ जस्तो कालो मसाने को छ र ! भन्छ
तँ कमजोर लुते भइस् भन्छ
तँ कुरुप तँ धराप भन्छ
तँ पछौटे तँ बाटोमुनिको भन्छ

भनिसकेर प्रियसी फेरि
‘सरी सरी ! जिस्केर भनेको’ भन्छ
बोलिसकेर साथी फेरि
‘नरिसा है ! रिसमा बोलेछु’ भन्छ
हेपिसकेर छिमेकी फेरि
‘माइन नगर्नू है ! मन जितेर भनेको’ भन्छ
घोचिसकेर मितज्यू फेरि
‘माफ पाऊँ है ! रक्सीले मातेर’ भन्छ
होच्याइ सकेर सहकर्मी फेरि
‘मनमा नलिनू ! आफ्नो सम्झेर पो’ भन्छ

हो यसरी यहाँ
कोही जिस्किएर साँचो बोल्छ
कोही रिसाएर साँचो बोल्छ
अरुलाई होचो, निर्धो, कुरुप
र कमजोर देखाउन
मान्छे मौका मिलाएर साँचो बोल्छ

बोल्नेलाई बोल्नु छ भने यहाँ
जस्सरी नि साँचो बोल्छ ।

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x