साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षको क्यालेन्डर

उखु दिवस खोज्छन् त्यो पनि भेट्दैनन् थुचुक्क भुइँमा बस्छन् बा कर्णाली यात्रामा तीन छाक अलिनो खाँदाको झझल्को चलचित्रझैँ आँखाअगाडि सलबलाउँछ ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

आज नयाँ वर्ष सुरु भएको छ
जताततै शुभकामना साटासाट हुँदैछन्
व्यक्ति व्यक्ति बिचमा,
संस्था बिचमा
हरेक रेडियो र टिभीले सुखद नयाँवर्षको
कामना गरिरहेका छन् ।
प्रत्येक घरका भित्ताहरूमा
झुन्ड्याइएको छ रङ्गीन नयाँ क्यालेन्डर
आज पुरानो हटाइएको छ
सजाइएको छ नयाँ क्यालेन्डर
जहाँ लेखिएको छ-
नयाँ वर्षको शुभकामना !
थुप्रै रङ्गीन विज्ञापनका साथमा ।

पण्डितजी पल्टाउँछन्
र गणना गर्छन्-
प्रत्येक महिनाका औँसी
रुद्री, ब्रतबन्ध, बिहेका साइतहरू
आफ्नो नोटबुकमा टिपोट गर्छन्
अनि
बनाउँछन्, वर्षभरिको कार्य योजना
उनलाई भ्याइ नभ्याइ छ ।

मन्त्रीजी क्यालेण्डर पल्टाउँछन् खोज्छन्-
शिलान्यास मुहूर्त र दिवसहरू
अनि
बनाउँछन् शिला राख्ने र रिबन काट्ने योजनाहरू
समय पुग नपुग छ ।
धैर्यसाथ पर्खिन्छन् गणतन्त्र दिवस
र बनाउँछन् –
आफन्त अपराधीहरूको
उन्मुक्तिको लामो सूची ।

व्यापारीहरू गन्दैछन् चाडपर्व आउने दिनहरू
दसैँको सुअवसर
र नयाँ मूल्य सूचीको तयारीमा व्यस्त छन् उनीहरू ।
प्रशन्न देखिन्छन् ।

किशोर किशोरी खोज्दै छन्
प्रणय दिवस
अनुहारमा अनौठो उत्तेजना र सुन्दर विम्वहरू नाच्छन् ।

कर्मचारीले बिदाका दिनहरू जोड्दै छ
पोहोर सालभन्दा अहिले
पाँच दिन बिदा थपिएछन्
ऊ मुस्कुराउँछ ।

मेरा बा हातको कोदालो आँगनका छेउमा
हतारहतार राख्दै
पसिनाले निथ्रुक्क भिजेको भोटो फेर्नै नभ्याई
पल्टाई पल्टाई हेर्छन् भित्ताको क्यालेन्डर
देख्छन् – सुकिलामुकिलाको हूलले
पन्चेबाजाका तालमा गमलामा धान रोपिरहेको
अनि गलाभरि टम्म बिउको माला
बा निकै प्रफुल्लित देखिन्छन् र खोज्छन्
मल दिवस
भेट्दैनन् ।
उखु दिवस खोज्छन्
त्यो पनि भेट्दैनन्
थुचुक्क भुइँमा बस्छन् बा
कर्णाली यात्रामा तीन छाक अलिनो खाँदाको
झझल्को चलचित्रझैँ आँखाअगाडि सलबलाउँछ
अनि फेरि खोज्छन् नुन दिवस
त्यो पनि भेटेनन् ।
अनायास बा लामो सुस्केरा छाड्छन्
टिठलाग्दो नजर परपर हुत्याउँछन् र बर्बराउँछन् –
“खै ! यो वर्ष पनि बेलैमा मल हालेर बाला झुलाउने
तिमीहरूलाई दसैँमा मनपर्दा लुगा किनिदिने
अनि
परार उखु लगाउँदा बैङ्ककर्जा
तिर्ने दिन नआउने भए छोरा ! धितो राखेको
घरकित्ता यसै जाने भो । धिक्कार ! तँ नयाँ वर्ष भनाउँदोलाई !!”

मलाई नयाँ जिज्ञासाले दिमाग कोपर्न थाल्छ,
“खै ककसका लागि हो यो नयाँ वर्ष ?”

०००
२०८१/०२/११
इटहरी, सुनसरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x