साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढपोलशंख मास्टर भए !

यस्ता प्रश्न सुनेर जब ती योग्य उम्मेदवारहरू सकसमा पर्थे अनि पोंचुरामले सदस्यहरूसित भन्थे - साह्रै कमजोर छ यो केटो त । सामान्य ज्ञानका सामान्य कुरा पनि जान्दो रहेनछ । हटाइदिऊँ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यfनुवाद ::  रमेश समर्थन

कुरो ‘आदर्श शिक्षा समिति’को हो ।
समितिका सदस्य साहू घोंचुमलले अध्यक्ष श्री पोंचुरामलाई पत्र लेखे –

अध्यक्ष महोदय,
मेरा साला चि. ढपोलशंखले यसै वर्ष बी. ए. पास गरे भन्ने कुरो विदित होस् । विगत चार वर्षदेखि उनी फेल भइरहेका थिए तर यसपालि मैले प्रोफेसर चोंगाप्रसादबाट नम्बर बढाउन लगाएर उनलाई पास गराइदिएँ । यद्यपि उनी मूर्ख छन् तथापि तपाईंका सालाभन्दा त कमै छन् । अनि यहाँलाई अवगतै होला कि सालाहरू मूर्ख भएकै जाती हुन्छ । अब कुनै पद रिक्त गरेर भए पनि यिनलाई हाई स्कुलको मास्टरसास्टर बनाइदिनुहोस् ।
तपाईंको
—साहू घोंचुमल ।

अध्यक्षको पत्र खरिदारको नाममा –
खरिदार साब,
साहू घोंचुमलको सालाले बी. ए. पास गरेछ । हाई स्कुलमा एउटा शिक्षकको दरबन्दीको विज्ञापन समाचारपत्रहरूमा छपाइदिनुस् ।
— पोंचुराम,

खरिदारको पत्र अध्यक्षको नाममा –
सर,
हाई स्कुलमा यस्तो कुनै स्थान रिक्त छैन । हालसालै बाबु पोंगारामका पुत्र तथा दाजु घोंघारामका भतिजलाई स्थान दिइएको छ । अहिले त हाई स्कुलमा चारजना शिक्षक दरबन्दीभन्दा बढी छन् । आदेशको प्रतीक्षामा ………….

— खरिदार ।
अध्यक्षको पत्र खरिदारको नाममा –

खरिदार,
ढपोलशंखलाई नोकरी त दिनु नै छ । ऊ अब्वल दर्जाको मूर्ख हो । यदि यहाँ पनि उसले ठाउँ पाएन भने संसारमा कहीँ पनि ठाउँ पाउने छैन । यदि सदस्यका छोरा र सालाहरूले नै यहाँ जागिर पाएनन् भने उनीहरू सदस्यका छोरा वा साला भएको के फाइदा ? के उनीहरू कुनै खरिदार या मास्टर या पत्रकारका छोरा वा साला भएनन् त ? म छँदासम्म यस्तो अन्याय हुँदैन । नयाँ पद सिर्जना गरियोस् ।
— पोंचुराम ।

विज्ञापन छापियो अनि हाई स्कुलको मास्टरको पदका लागि एक सय पचास आवेदनपत्र आए । यीमध्ये पन्ध्र जनालाई अन्तर्वार्ताका निम्ति बोलाइयो ।

अन्तर्वार्ता समितिमा अध्यक्ष पोंचुराम तथा तीन अन्य व्यक्ति थिए । पन्ध्र उम्मेदवारमध्ये चौध त योग्य थिए अनि एक जना आफ्ना यिनै ढपोलशंख बी. ए. थिए ।

चौधमध्ये एकपछि एक उम्मेदवार आइरहे र उनीहरूलाई सोधिने प्रश्नहरू यस्ता थिए –
‘तपाईं ‘कामायनी’ र ‘साकेत’को अङ्ग्रेजीमा अनुवाद गर्न सक्नुहुन्छ ?’
‘तुलसीदासजीकी पत्नी रत्नावतीले कुन कुन गहना लगाउँथिन् ?’
यस्ता प्रश्न सुनेर जब ती योग्य उम्मेदवारहरू सकसमा पर्थे अनि पोंचुरामले सदस्यहरूसित भन्थे – साह्रै कमजोर छ यो केटो त । सामान्य ज्ञानका सामान्य कुरा पनि जान्दो रहेनछ । हटाइदिऊँ ।

अनि आए ढपोलशंख ।
कुराकानीको क्रम यसरी चल्यो –
पोंचुराम – आऊ बाबु ढपोलशंख, ठिक त छ नि ?
ढ.- ठिक छु ।
पोंचुराम – आमा त आनन्दमा छिन् नि ?
ढ. – उहाँ त बित्नुभयो नि !
पों. – कहिले ? ढाँट्छ बदमासले !
ढ.- तपाईंले त भन्नुभएको हो नि !
पों. – ओ, त्यो त मेरी आमा पो बित्नुभएको थियो । म त तिम्री आमाको पो कुरो गर्दै छु ।
ढ. – मैले बुझें । तपाईं आफ्नी आमाका बारेमा सोध्दै हुनुहुन्छ । मेरी आमा त आनन्दमा हुनुहुन्छ ।
पों. – धेरै राम्रो कुरो । साँच्चै आज बिहान तिमीले के खायौ ?
ढ. – दालभात र सागरोटी ।
पों. – स्याबास !
अनि पोंचुरामका सदस्यहरूले भने, ‘केटो कति चलाख रहेछ !’ पुग्यो, ढपोलशंख मास्टर भए ।

०००
(हिन्दी साहित्यका प्रसिद्ध व्यङ्ग्यकार हरिशंकर परसाईको व्यङ्ग्यसङ्ग्रह ‘परसाई रचनावली भाग- २ बाट ‘ढपोलशंख मास्टर हो गए’ को नेपाली अनुवाद ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x