साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई व्यङ्ग्य कथा

जुन विद्वान् लाई अतिथिका रूपमा बाेलाइएकाे थियाे र जसकाे अभिनन्दन गर्नु थियाे उनका लागि अझैसम्म एउटा शब्द पनि खर्च भएकाे छैन, तर नेताकाे स्तुतिगान हुँदै छ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

१. प्रतिष्ठा

उहाँ मेरा हाकिम हुनुहुन्थ्यो । उहाँ १५-२० दिनपहिले आउनुभएकाे थियाे सरुवा भएर । नयाँ ठाउँ थियोे । मेरै टाेलमा बस्नुहुन्थ्याे, अझ छिमेकी नै हुनुहुन्थ्यो । तर न उहाँले मलाई चिन्नुहुन्थ्याे, न मैले उहाँलाई ।

एक दिन म उहाँकहाँ गएँ । उहाँ भित्र हुनुहुन्थ्यो । बाहिर आउनुभयाे, बडाे प्रेमपूर्वक भेट्नुभयाे र आदरपूर्वक कुर्सीमा बसाल्नुभयाे ।

मैले भनेँ, ” यहाँकै छिमेकी हुँ । यहाँबाट तेस्राे घरमा बस्छु । हजुर नयाँ नयाँ आउनुभएको छ । भेट्ने इच्छा भयाे । यहाँलाई कुनै अप्ठ्यारो त छैन ?”

उहाँ आभारले झुक्नुभयाे र भन्नुभयाे, “सबै यहाँहरूकाे दया हाे । यहाँहरूका बिचमा आएर बसेकाे छु, परदेशी हुँ । यहाँहरूकाे कृपाले गर्दा कुनै अप्ठ्यारो छैन । भेट्दै गर्नुहाेला ।”
अनि उहाँले पान मगाउनुभयाे ।

यसपछि मात्र मैले आफू पनि उहाँ जुन कार्यालयमा हाकिम हुनुहुन्छ त्यहीँकाे कर्मचारी रहेकाे भनेँ ।
यति सुन्नु के थियाे उहाँको अनुहारको मुस्कान कता हरायो, हरायो र कठाेर गम्भीरता पाे आयाे । उहाँले आराम कुर्सीमा दुवै गाेडा फट्याएर राख्नुभयाे । चुराेट झिकेर सल्काउनुभयाे अनि मेराे कुराकाे उत्तरमा केवल टाउकाे हल्लाउन वा “अँ” मात्र भन्न थाल्नुभयाे ।
दस मिनेटसम्म म त्यसै स्थितिमा बसिरहेँ ।

एक्कासि उहाँले भन्नुभयाे, “हुन्छ त, मलाई यसाे बाहिर जानु छ ।” र उठ्नुभयाे ।
म पनि उठेर हिँडेँ । अब म छिमेकी सज्जनकाे पदबाट खस्केर नाेकरकाे अवस्थामा आइपुगेको थिएँ ।

२. पदपूजन

नगर साहित्य संसारका ठुला प्रतिष्ठित विद्वान् तथा राष्ट्रभाषासेवी आएका थिए ।
उनकाे सम्मानका लागि एउटा आयाेजन गरिएको थियो । आयाेजनका सभापति थिए एकजना राजनीतिक नेता जाे साहित्यिक पनि थिए । उनकाे प्रभाव मन्त्रिमण्डलमा छ र उनकाे एउटा बाेलीमा सरकारी जागिर पाउन सकिन्छ ।
एउटा साहित्यकार कवि, लेखक, सरकारी जागिरे पनि अर्थात् एउटा कलेजका प्राेफेसर थिए । उनलाई ती महान् साहित्यिक अतिथिकाे अभिनन्दन गर्ने जिम्मा दिइयाे ।

अनि प्राेफेसर उठे । उनले सभापतितिर हेरे अनि उनकाे अभिनन्दन आरम्भ गरे । उनकाे प्रशंसाका महल ठड्याउन थाले। उनले भने, “अझै राजा साहेबकाे महानताले पूर्ण विकसित हुनै छ । उहाँका सामु महान् भविष्य छ । उहाँ एक महान् व्यक्ति हुनुहुन्छ ।” आदि आदि ।

सबै मानिसहरू अचम्ममा परे । जुन विद्वान् लाई अतिथिका रूपमा बाेलाइएकाे थियाे र जसकाे अभिनन्दन गर्नु थियाे उनका लागि अझैसम्म एउटा शब्द पनि खर्च भएकाे छैन, तर नेताकाे स्तुतिगान हुँदै छ । लाजले सबैका शिर निहुरिए । त्यहाँ त नेताकै अभिनन्दन हाे जस्ताे भएकाे थियाे ।

हुँदा हुँदा नेतालाई नै नराम्रो लागेछ । उनले वक्ताकाे कानमा बिस्तारै भने, ” मेराे विषयमा त हुनुपर्ने भयाे, अब केही स्वामीजीका बारेमा पनि ….!”

०००
परसाईं रचनावली-२ अन्तर्गत “लघु कथाएँ” खण्डका अन्तिम दुई शीर्षक “प्रतिष्ठा” र “पद-पूजन” शीर्षकबाट अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x