साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परसाईंका दुई लघुव्यङ्ग्य

‘‘हजुरको प्राङ्गणमा यति राम्रो स्वतन्त्रताको घाँस पलाएको रहेछ ! हामी पनि अलिकति खान चाहन्छौँ ।’’ मन्त्रीजीले भने, ‘‘यो घाँस त तिमीहरूले पाउँदैनौ केटाहो ! यो त मेरा पाल्तु गधाहरूका लागि हो ।’’

Nepal Telecom ad

हरिशंकर परसाईं

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

१. स्वतन्त्रताको घाँस

हामी तीनजना साथी थियौँ । सन् १९४२को ‘अंग्रेजो भारत छोडो’ आन्दोलनका वेला हामी पढ्दै थियौँ । हाम्रा नेताले हामीलाई आह्वान गरे । उनको नारा हुन्थ्यो —‘पराधीनताको घिउभन्दा स्वाधीनताको घाँस जाती’ हुन्छ । हामी उत्साही त छँदै थियाँै । खुब जोरसोरसित आन्दोलनमा सहभागी भयौँ । जेल गयौँ । हाम्रा नेताको नारा थियो —‘पराधीनताको घिउभन्दा स्वाधीनताको घाँस जाती’ हुन्छ !

जेलबाट छुटियो । पढाइ सम्पन्न गरियो । स्वतन्त्रता पनि पाइयो । अनि हामीले डिग्री (शैक्षिक योग्यताका प्रमाणपत्र) लिएर सहरको फेरो लगाउन थाल्यौँ ।

हाम्रा नेता अब मन्त्री भएका थिए । एक दिन हामी उनको भव्य आवासका अगाडिबाट जाँदै थियौँ । त्यहाँ भित्र आवासको अगाडिको विशाल चउरमा हरियो र कलिलो घाँस (दुबो) हावामा सरसराइरहेको देख्यौँ । दुबो पनि देशी र बेलायती जातको असल थियो । हाम्रो मनमा लालच जाग्यो किनभने स्वतन्त्रताको घाँस यति राम्रो हुँदो रहेछ भन्ने हामीले देखिसकेका थियौँ ।

हामी आवासको परिसरमा पस्यौँ । हामीले उनलाई हामीले पनि उनकै नेतृत्वमा स्वतन्त्रताको लडाइँ लडेको र ‘पराधीनताको घिउभन्दा स्वाधीनताको घाँस जाती’ भन्ने नारा लगाएको संस्मरण सुनायौँ ।

मन्त्रीजीले भने, ‘‘लौ लौ, ठिक छ, ठिक छ । अब भन, कति कामले आएका हौ र के चाहिएको छ ?’’

हामीले भन्यौँ, ‘‘हजुरको प्राङ्गणमा यति राम्रो स्वतन्त्रताको घाँस पलाएको रहेछ ! हामी पनि अलिकति खान चाहन्छौँ ।’’
मन्त्रीजीले भने, ‘‘यो घाँस त तिमीहरूले पाउँदैनौ केटाहो ! यो त मेरा पाल्तु गधाहरूका लागि हो ।’’

२. मित्रता

दुईजना लेखक थिए । आपसमा निकै कलह गर्थे । एकले अर्कालाई खुइल्याउनैमा लागेका थिए । मैले दुवैमा मित्रता गराउने धेरै प्रयास गरेँ तर सबै व्यर्थ भयो ।

तीनचार महिनाका लागि म बाहिर गएको थिएँ । फर्केर आउँदा त के देख्छु भने दुवैजना त एउटै रोटी दुईतिरबाट टोकेर खाने पो भएछन् ! सँगै बस्छन्, सँगै चिया पिउँछन् । घन्टौँ गफगाफ गरिरहन्छन् । ठुलै प्रेम भइसकेको रहेछ ।
मैले एकजनासित सोधेँ, ‘‘के हो यार ? यिनीहरूमा यस्तो गहिरो मित्रता कसरी भयो ? के छ रहस्य यसमा ?’’
उत्तर पाएँ, ‘‘यी दुवैले मिलेर अब तेस्रो लेखकलाई उडाउन थालेका छन् !’’

०००
प्रस्तुत व्यङ्ग्यहरू परसाई रचनावली २ का ‘आजादी की घास’ र ‘मित्रता’बाट अनुवाद गरिएका हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x