साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट उसलाई दिनोस् !

मानवताको बली चढाउनेलाई दिनु बिऊ विनाका बोटविरुवा बढाउनेलाई दिनु । सभ्यता र संस्कृति सढाउनेलाई दिनु जितेपछि भूत झैँ हराउनेलाई दिनु ॥

Nepal Telecom ad

गायत्री लम्साल :

राम्रोलाई होइन भोट चाम्रोलाई दिनोस्‌
सबैदलको साझा हाम्रोलाई दिनोस् ।
भव्य भ्रष्टाचार गर्न सक्नेलाई दिनु
जिउँदै पटक पटक मर्न सक्नेलाई दिनु ॥

गर्न नसक्ने कुरा बोल्न सक्नेलाई दिनु
गरेका कुकर्मले जेलमा सड्न सक्नेलाई दिनु ।
भोट भोट नै हो मन फुकाएर दिनु
केही पाइन्छ भन्ने आस टुटाएर दिनु ॥

बिना सर्त जेलबाट छुट्नेलाई दिनु
म ट साह्रै असल भनी भ्रम भुट्नेलाई दिनु ।
आलो रगत र पसिना खानेलाई दिनु
अर्काको घर परिवार विगार्न जानेलाई दिनु ॥

भोट भोट नै हो आँखा चिम्लेर दिनु
देश बन्न र बनाउन नदिनेलाई दिनु ।
काम नै नगरि देश लुट्न सक्नेलाई दिनु
गुण, इमान र नैतिकतामा फुट्न सक्नेलाई दिनु ॥

मानवताको बली चढाउनेलाई दिनु
बिऊ विनाका बोटविरुवा बढाउनेलाई दिनु ।
सभ्यता र संस्कृति सढाउनेलाई दिनु
जितेपछि भूत झैँ हराउनेलाई दिनु ॥

असहाय, गरीब र पीडित पिट्न सक्नेलाई दिनु
अन्याय र अत्याचारले थिच्न सक्नेलाई दिनु ा
मिडियामा भ्रमको खोलो बगाउनेलाई दिनु
स्वदेशभित्र विदेशी कुकुर हगाउनेलाइ दिनु ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x