Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँकी नराखौँ !

जसको भागमा जे जे पर्छ दाना गनेर नै बाँडौँला । साथी हो, ढिलो पटक्कै नगरौँ पाचन प्रणालीलाई बलियो बनाऔँ काम लाग्ने केही कुरा बाँकी नराखौँ ।।

Nepal Telecom ad

गायत्री लम्साल

मस्तले, ढुक्कले खाऔँ
बाँकी केही नराखौँ ।
मरे मर्छ राष्ट्रियता
जन्मदर्ता गराउँला ।
इमान, नैतिकता, लाजसरम सबैको
निर्यात गरेर,
व्यापार घाटा कम गरौँला
आयातित अपाच्य संस्कृतिले
हम्रा रित्ता खोपडी
चुलुवा हुनेगरि भरौँला ।।

कुनाकाप्चा हेरौँ साथी
कतै मानवता लुकेको हुनसक्छ
दया, माया र करुणा फुकेको हुनसक्छ ।
लुकेकोलाई तानेर खाऔँ
फुकेकोलाई झानेर खाऔँ ।।
सम्पत्ती जलाएर खरानी बनाइयो
न्यायलाई सत्यको मलामी बनाइयो ।
अझै अलिकति आश बाँकी छ
पुस्तौपुस्तालाई पुग्नेगरि
सित्तैमा कमाएको गास बाँकी छ ।।

बाँकि रहेका सबै कुरा
खानुपर्छ अब ।
मरेर बसाइँ सर्दा समेत
सबै सम्पत्ति लानुपर्छ अब ।।
हम्रा अखण्डतालाई बाँडीचुँडी गरौँला
जसको भागमा जे जे पर्छ
दाना गनेर नै बाँडौँला ।
साथी हो, ढिलो पटक्कै नगरौँ
पाचन प्रणालीलाई बलियो बनाऔँ
काम लाग्ने केही कुरा बाँकी नराखौँ ।।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
कमिसनलाल

कमिसनलाल

हेमराज पन्त
देखाउँछन् पाखुरा

देखाउँछन् पाखुरा

बालकृष्ण खनाल
साँढेको फल झर्ला र खाउँला….

साँढेको फल झर्ला र...

रणबहादुर बुढाथोकी ‘भैया’
हाँसे बुढा बा पनि

हाँसे बुढा बा पनि

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x