Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेको फल झर्ला र खाउँला….

चर्न लाको अर्नाको के ताने थेँ कठालो धर्ना दियो एक हुलले झण्डै मेरो भोटो फटाल्यो। प्रिय मित्र लोखर्क आन्दोलनमा नउत्र राजिनामा माग्दैमा सिंहराजले दिन्न खुरुक्क।

Nepal Telecom ad

रणबहादुर बुढाथोकी भैया :

प्रिय मित्र लोखर्क आन्दोलनमा नउत्र
राजिनामा माग्दैमा सिंहराजले दिन्न खुरुक्क।

टुसा खान्छौ कलिला बदाम किरा अमला
कनीकनी हास्य ग्याँस नगर न ठुस्स हमला
सिंहासनमा बसेर गर्छु भन्छौ कमाल
खुट्टा हेरी पत्याइयो पैला आफ्नो कट्टु समाल।

प्रिय मित्र लोखर्क आन्दोलनमा नउत्र
राजिनामा माग्दैमा सिंहराजले दिन्न खुरुक्क।

अण्डा जत्रो टाउको छ ख्याउटे शरीर पाउको छ
भाटे कारबाही त्यै माथि कठैबरा त्यत्रो घाउ पो छ
जाइ कटक गराउने भनाई तिम्रा बाउको छ
साँढेको फल झर्ला र खाउँला भन्ने भित्री दाउ पो छ।

प्रिय मित्र लोखर्क आन्दोलनमा नउत्र
राजिनामा माग्दैमा सिंहराजले दिन्न खुरुक्क।

तिम्रा हात्ती मितबा ध्रुबे हुन् कि रोनाल्डो ?
उपद्र्याहा ध्रुबेलाई निगरानीमा राख्दा लठारो
चर्न लाको अर्नाको के ताने थेँ कठालो
धर्ना दियो एक हुलले झण्डै मेरो भोटो फटाल्यो।

प्रिय मित्र लोखर्क आन्दोलनमा नउत्र
राजिनामा माग्दैमा सिंहराजले दिन्न खुरुक्क।

०००
बूढानीलकण्ठ – ८ हात्तीगौंडा
काठमाण्डौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
कमिसनलाल

कमिसनलाल

हेमराज पन्त
देखाउँछन् पाखुरा

देखाउँछन् पाखुरा

बालकृष्ण खनाल
हाँसे बुढा बा पनि

हाँसे बुढा बा पनि

रामशरण न्याैपाने
सेल्फीको सेल्फी

सेल्फीको सेल्फी

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x