साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२६)

दिने गर्छु पुरस्कार लाग यो अभियानमा जोजो बिरोधमा लाग्छन् बास राख्छु चिहानमा । प्यारा मित्रहरू मेरा ठूला खुङ्खार तस्कर दायाँबायाँ तिनैमित्र डुल्छु लाएर लस्कर ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

जस्तो जस्तो ब्यवस्था छ उस्तै बन्न रुचाउँछु
जसरी तसरी आफ्नो मेलोमेसो मिलाउँछु (३०१)

आफ्नो माटो सधैं आफै चाट्ने हिम्मत गर्छु म
गाई वस्तु चरे जस्तै माटो निर्धक्क चर्छु म(३०२)

आफ्नै बास लडाएर नाच्ने गर्छु निरन्तर
तारा झार्छु कुराले म कामले परनिर्भर (३०३)

आफै आफ्ना बगैँचाको मास्ने गर्छु वनस्पति
नौलो बन्ने कुरा गर्छु म अनौठो भएँ कति (३०४)

अरूका सामुमा पर्दा बन्न खोज्छु विशिष्ट झैँ
भित्रभित्रै छुरा रोप्ने म झैँ सिपालु को छ खै (३०५)

पराईको जुठो पाए फुर्किदै खान जान्छु म
भाइ दाइ दिदीलाई ठूला दुस्मन ठान्छु म (३०६)

आफ्नो मुहारमा आफै कालो पोत्छु रमाउछु
अर्काको रूपको गीत ज्यानै छाडेर गाउँछु(३०७)

आत्मामा दम्भको खेती राम्रै गर्छु गराउँछु
ईष्र्याको मलले आफ्नो उब्जनी म बढाउँछु (३०८)

काला कर्तुतका ठूला भकारी बुन्न जान्दछु
लोभ पाप यसैभित्र राखेर थुन्न जान्दछु (३०९)

बोकेर वादको राँको समाज माझ पस्छु म
गाउँवस्ती डढेलोले जल्दा हाँसेर बस्छु म (३१०)

डढेलोको खरानीमा राजनीति जगाउन
मलाई लाज लाग्दैन नाङ्गै नाच्न नचाउन(३११)

घाँटी निर्बलको थिच्दै आफू अब्बल बन्छु म
सानातिना उँभो लान्छु लाजै त्यागेर भन्छुम(३१२)

गङ्गाको जलझैँ स्वच्छ भएको स्वाङ पार्दछु
कसैका नाममा माग्छु आफ्नामा त्यो थुपार्दछु (३१३)

दिने गर्छु पुरस्कार लाग यो अभियानमा
जोजो बिरोधमा लाग्छन् बास राख्छु चिहानमा (३१४)

प्यारा मित्रहरू मेरा ठूला खुङ्खार तस्कर
दायाँबायाँ तिनैमित्र डुल्छु लाएर लस्कर (३१५)
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x