साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली समाज र संस्कृतिको संरचना विषयक गोष्ठी

नेपाली समाज र संस्कृति आफैंमा समन्यायिक र समावेशी रहेको छ भन्दै डा. गुरुङले सतही र लहडमा सरकारले नीति कार्यक्रम ल्याइरहेकोप्रति आपत्ति समेत जनाउनुभयो ।

Nepal Telecom ad

धादिङबेंसी, २०८१ असार २२ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले नीलकण्ठ बहुमुखी क्याम्पससँगको सहकार्यमा नेपाली समाज र संस्कृतिको संरचना विषयक विद्वत् गोष्ठी सम्पन्न गरेको छ ।

भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको संरक्षण र उन्नयनका काम गरिरहेको प्रतिष्ठान र धादिङ जिल्लाकै पहिलो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसबीचको प्राज्ञिक अभ्यास गर्ने र समाजमा ज्ञानको दायरा विस्तार गराउने उद्देश्य अनुरुप यो कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङद्वारा प्रवचन गरिएको कार्यक्रममा प्रस्तुति डा. नवीनबन्धु पहाडीले सहजीकरण गर्नुभई पश्चात् श्रोताहरूको जिज्ञासालाई गहन रुपमा छलफल गराई अन्तक्र्रियात्मक बनाउनु भएको थियो ।

कार्यक्रममा क्याम्पसका प्राध्यापक, विभिन्न विद्यालयका शिक्षक, समाजका अग्रज नागरिक, विभिन्न संघ संस्थाका नेतृत्वकर्ताहरूको सहभागिता रहेको यस कार्यक्रममा आफ्नो प्रस्तुति राख्नुहुँदै डा. गुरुङले समग्र नेपाली समाजको वैभव र विशिष्टतालाई मात्र नभई धादिङ जिल्लाको गौरब गाथा सोदाहरण प्रस्तुत गर्नुहुँदै यसको थप उत्खनन गर्न प्रतिष्ठान लाग्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली समाज र संस्कृति आफैंमा समन्यायिक र समावेशी रहेको छ भन्दै डा. गुरुङले सतही र लहडमा सरकारले नीति कार्यक्रम ल्याइरहेकोप्रति आपत्ति समेत जनाउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद गोविन्द लम्सालले कार्यक्रमको प्रभावकारितामाथि खुसी प्रकट गर्दै जिल्लाको सांस्कृतिक पहिचानलाई थप उँचाइ दिन यस्ता कार्यक्रमहरूका निरन्तरताको समेत अपेक्षा राख्नुभएको थियो ।

नीलकण्ठ नगरपालिकाको सिटी हलमा ४ घण्टासम्म चलेको यस कार्यक्रममा गुरुङ समुदायको संस्कृति झल्कने गरी गुरुङ कलाकारहरूबाट गलबन्दी चिनो बोलको गीत समेत प्रस्तुत गर्नुभएको थियो ।

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले सञ्चालन गर्नुभएको थियो ।

२११ औँ भानु जयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाषा र साहित्यको समुचित विकासले मात्र समाजको समृद्धि सम्भव हुने बताइएको थियो ।

०००
– प्रकाश पौडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x