साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राण याचनाः

ए पत्थरमा प्राण भर्ने महामानवहरू हो एउटा कृपा गरिदेऊ भरखरै मृत मेरा यी निर्दोष छोराछोरीका शवमा पत्थरमा भर्ने प्राणबाट अलिकति बचाएर प्राण भरिदेऊ ताकि यिनहरू फेरि पहिले जस्तै खाउन् ।

Nepal Telecom ad

रामदेव पाण्डे :

मान्छे मान्छेबीच
वैमनस्यता खोपिँदै गरेको
कुन्नि कता कता
पत्थरमा प्राण रोपिँदै गरेको
थाहा पाएकी
एक दुखी पीडित आमा
रोगले मृत छोरा र
भोकले मृत छोरीको
आलो शव बोकेर
भौतारिँदै छिन् रे मन्दिर मन्दिर
मस्जिद र चर्चहरूमा
घोप्टिँदै छिन् रे
पण्डित पादरी र मौलानाका
पाउहरूमा
याचना गर्दै
ए पत्थरमा प्राण भर्ने
महामानवहरू हो
एउटा कृपा गरिदेऊ
भरखरै मृत मेरा यी
निर्दोष छोराछोरीका शवमा
पत्थरमा भर्ने प्राणबाट
अलिकति बचाएर
प्राण भरिदेऊ
ताकि यिनहरू फेरि
पहिले जस्तै खाउन्
हाँसुन् खेलुन् रोउन्
अर्थात
यी फेरि जीवित होउन् !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x