साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तरद्वन्द्व

मेला र झमेलाको पनि अन्तरद्वन्द्वले जन्माएको भेलाको निष्कर्षलाई राम्ररी मनले मनन गर्दा कदरयोग्य केही जन्मिएला तर मनन सहि नहुदा बदरयोग्य परिस्थिति नै निस्किएला ।

Nepal Telecom ad

अशोककुमार सिवा :

जहाँ पनि अघि अघि दौडिने एक मात्रै कुनै चिज छ भने त्यो हो मन । मन स्थिर भएर कहिल्यै बस्न मान्दैन । कुनै कुरा चिताउनु पाएको हुन्न मनले पहिल्यै बिताइसकेको हुन्छ । फेरी यो मनलाई बाधेर राख्न पनि नसकिने ।

उमेरमा बरू मन कहिल्यै बहकिएन जस्तो लाग्छ तर ठोकेरै त भन्न अलि सकिनँ । कति ठाउ यस्तो पनि परेको होला जहा मन थामिन नसकेको होस । मनसँगको लडाईंमा धेरैपल्ट हारियो होला । मनसँग थोरै जितियो पनि होला तर तुलनात्मक हिसावमा जित भन्दा हार नै बढी होला । हार्दाको पश्चाताप भन्दा मनलाई जितेको बेलाको व्यग्रताप धरै रापिलो पनि होलान । अहिले सेलाएर थाहा नपाएको पनि हुन सक्छ ।

कामले पुर्‍याउन सकियोस् नसकियोस् मन पहिल्यै तम्सिन्छ । तम्सिएको मनसँग घम्साघम्सी पर्दा तनले मध्यस्थ भुमिका त खेल्छ तर तन पनि सन्किएर बटारिन थाल्दा भने मन नै हावी भएर आउँछ । गाडिको टायर जति नया छ उतिनै ट्युवको हावा थेग्छ तर टायर पुरानो भयो भने ट्युवको हावाले ठेलेर जताततै फोका उठाइदिन सक्छ । त्यस्तै होला यो मन, तन पुरानो भए पछि पनि मनमा हावा भरिरहँदा तनमा जताततै फुलौरा उठ्छन् । मनको हावा अनियन्त्रित नहोस भनेर भएभरको सक्कली अक्कल लगाउँदाको दास्ती पनि हुन्छ ।

कतिपयको मन थाम्न नसक्दा परिस्थितिले बिल्लिबाठ बनाएको पनि सुनिएको देखिएको हो । मनलाई कब्जामा राख्न नसक्दा बिल्लिबाठ हुन सकिन्छ । बिल्लिबाठ हुनु भन्दा भएभरको परिपाठ लगाएर मनलाई अल्मल्याउनु नै श्रेयस्कर हुन्छ । मनले कहिल्यै तनको विचार गर्दैन । तन बिचरा बुढ्यौलीको मारले तनावमा भए पनि मन त्यसै उरन्ठेउल्याईमा लागिदिँदा तनलाई लत्रिन कर लाग्छ नै तर लखतरान तनलाई सान्त्वना दिने मन कता होला ?

जे कुराको पनि बेला आउँछ र जान्छ । आउँदो बेलाको त मेला होला तर जाँदो बेलाको भने झमेला । मेला र झमेलाको पनि अन्तरद्वन्द्वले जन्माएको भेलाको निष्कर्षलाई राम्ररी मनले मनन गर्दा कदरयोग्य केही जन्मिएला तर मनन सहि नहुदा बदरयोग्य परिस्थिति नै निस्किएला । कसै कसैले मन मारेर बसेको कुरा पनि सुनिन्छ तर तिनले मारेको मन के साँच्चै मरेकै होला त ? मलाई त शङ्का लाग्छ । मन कहिले मर्दैन । मन त तन जति बुढो होस न झन् झन् तन्नेरी पो भइदिन्छ । तन र मनको अन्तरद्वन्द्व कहिले नसकिने युद्ध नै रहेछ । एउटाले अर्को माथि बम बर्साउन छोड्दैन । यस अर्थमा तन र ननको लडाई कहिल्यै सकिँदैन सायद ।

अन्तत, मनले पूर्ण विश्राम चाह्यो भने मनको केही लाग्दैन । पूर्णता भनेको कुरा यस्तो हो कि त्यसको अगाडिको इच्छा क्रमागत हुदैन अथवा सकिन्छ । जब मनले यी सबैलाई त्यागेर पूणर्ता अङ्गाल्छ तब मन आफै सदाको लागि मर्दछ ।

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x