सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अन्तरद्वन्द्व

मेला र झमेलाको पनि अन्तरद्वन्द्वले जन्माएको भेलाको निष्कर्षलाई राम्ररी मनले मनन गर्दा कदरयोग्य केही जन्मिएला तर मनन सहि नहुदा बदरयोग्य परिस्थिति नै निस्किएला ।

Nepal Telecom ad

अशोककुमार सिवा :

जहाँ पनि अघि अघि दौडिने एक मात्रै कुनै चिज छ भने त्यो हो मन । मन स्थिर भएर कहिल्यै बस्न मान्दैन । कुनै कुरा चिताउनु पाएको हुन्न मनले पहिल्यै बिताइसकेको हुन्छ । फेरी यो मनलाई बाधेर राख्न पनि नसकिने ।

उमेरमा बरू मन कहिल्यै बहकिएन जस्तो लाग्छ तर ठोकेरै त भन्न अलि सकिनँ । कति ठाउ यस्तो पनि परेको होला जहा मन थामिन नसकेको होस । मनसँगको लडाईंमा धेरैपल्ट हारियो होला । मनसँग थोरै जितियो पनि होला तर तुलनात्मक हिसावमा जित भन्दा हार नै बढी होला । हार्दाको पश्चाताप भन्दा मनलाई जितेको बेलाको व्यग्रताप धरै रापिलो पनि होलान । अहिले सेलाएर थाहा नपाएको पनि हुन सक्छ ।

कामले पुर्‍याउन सकियोस् नसकियोस् मन पहिल्यै तम्सिन्छ । तम्सिएको मनसँग घम्साघम्सी पर्दा तनले मध्यस्थ भुमिका त खेल्छ तर तन पनि सन्किएर बटारिन थाल्दा भने मन नै हावी भएर आउँछ । गाडिको टायर जति नया छ उतिनै ट्युवको हावा थेग्छ तर टायर पुरानो भयो भने ट्युवको हावाले ठेलेर जताततै फोका उठाइदिन सक्छ । त्यस्तै होला यो मन, तन पुरानो भए पछि पनि मनमा हावा भरिरहँदा तनमा जताततै फुलौरा उठ्छन् । मनको हावा अनियन्त्रित नहोस भनेर भएभरको सक्कली अक्कल लगाउँदाको दास्ती पनि हुन्छ ।

कतिपयको मन थाम्न नसक्दा परिस्थितिले बिल्लिबाठ बनाएको पनि सुनिएको देखिएको हो । मनलाई कब्जामा राख्न नसक्दा बिल्लिबाठ हुन सकिन्छ । बिल्लिबाठ हुनु भन्दा भएभरको परिपाठ लगाएर मनलाई अल्मल्याउनु नै श्रेयस्कर हुन्छ । मनले कहिल्यै तनको विचार गर्दैन । तन बिचरा बुढ्यौलीको मारले तनावमा भए पनि मन त्यसै उरन्ठेउल्याईमा लागिदिँदा तनलाई लत्रिन कर लाग्छ नै तर लखतरान तनलाई सान्त्वना दिने मन कता होला ?

जे कुराको पनि बेला आउँछ र जान्छ । आउँदो बेलाको त मेला होला तर जाँदो बेलाको भने झमेला । मेला र झमेलाको पनि अन्तरद्वन्द्वले जन्माएको भेलाको निष्कर्षलाई राम्ररी मनले मनन गर्दा कदरयोग्य केही जन्मिएला तर मनन सहि नहुदा बदरयोग्य परिस्थिति नै निस्किएला । कसै कसैले मन मारेर बसेको कुरा पनि सुनिन्छ तर तिनले मारेको मन के साँच्चै मरेकै होला त ? मलाई त शङ्का लाग्छ । मन कहिले मर्दैन । मन त तन जति बुढो होस न झन् झन् तन्नेरी पो भइदिन्छ । तन र मनको अन्तरद्वन्द्व कहिले नसकिने युद्ध नै रहेछ । एउटाले अर्को माथि बम बर्साउन छोड्दैन । यस अर्थमा तन र ननको लडाई कहिल्यै सकिँदैन सायद ।

अन्तत, मनले पूर्ण विश्राम चाह्यो भने मनको केही लाग्दैन । पूर्णता भनेको कुरा यस्तो हो कि त्यसको अगाडिको इच्छा क्रमागत हुदैन अथवा सकिन्छ । जब मनले यी सबैलाई त्यागेर पूणर्ता अङ्गाल्छ तब मन आफै सदाको लागि मर्दछ ।

०००
गल्कोपाखा, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
मृगतृष्णा

मृगतृष्णा

अशोककुमार शिवा
भाउ बढेछ

भाउ बढेछ

अशोककुमार शिवा
याद

याद

अशोककुमार शिवा
राष्ट्रका गहना

राष्ट्रका गहना

अशोककुमार शिवा
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी