साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजाले हिँड

गर्दै चार्टर हेलिकप्टरहरू चम्चे भिडाई हिँड बस्ती भो बगरेठझैँ तर त्यहाँ हेर्दै नहेरी हिँड । खेतीमा मल छैन चामल भरी बोरा मगाई हिँड नाफामा कुद दीनका हृदयमा पीडा लगाई हिँड ।

Nepal Telecom ad

कृष्णप्रसाद गाैतम :

स्वामी भै घरका मिठा र सुकिला भाका फिँजाई हिँड
सोझा सज्जन भाइ ठेल तटमा पाखा लगाई हिँड ।
झुट्टा भाषणमा दलेर बुकुवा चिल्लो बनाई हिँड
माला गर्धनमा भरेर सबमा व्यङ्योक्ति छर्दै हिँड ।

खोजी भाउ सधैँ भएर महगो बिर्सेर आफू हिँड
आफ्नो दृष्टि भुलेर झट्ट परको चश्मा लगाई हिँड ।
बिर्सी चामल दाल स्याउ घरका दोस्रा मगाई हिँड
नाफामा चल दीनका हृदयमा पीडा भराई हिँड ।

सिल्ली स्याल हुँडार बाघ चितुवा बन्दै प्रहारी हिँड
छान्दै गर्धन पोटिला चरनका राँगा चहारी हिँड ।
ङ्याकी मोज गरेर मांश मदिरा पिएर माती हिँड
आमाका घरका लुटेर गहना बेचेर पार्टी हिँड ।

हाली आँसु गिलासमा घटघटी पारेर हाँसी हिँड
पोरा गर्धन पुक्क पार गतिलो छाती फुलाई हिँड ।
तर्दै नेत्र यताउता सकलमा गर्दै बढाईँ हिँड
छौ निर्लज्ज अझै बजारबिचको साँढे बनेरै हिँड

गर्दै चार्टर हेलिकप्टरहरू चम्चे भिडाई हिँड
बस्ती भो बगरेठझैँ तर त्यहाँ हेर्दै नहेरी हिँड ।
खेतीमा मल छैन चामल भरी बोरा मगाई हिँड
नाफामा कुद दीनका हृदयमा पीडा लगाई हिँड ।

बाटो घाट बजार सेतु सबमा आफ्नै भिडाई हिँड
खर्ची वीस असी मिलेर सँगमै बाँटेर खाई हिँड ।
आऊ पञ्चम वर्षमा सुरसिला बाचा कबोल्दै हिँड
मौका एक छ लोकतन्त्र यसकै बुर्का लगाई हिँड ।
क्रमशः

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x