साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थप आयु

पागलजस्तै बरबराइरहेका बुढाले सुन्ने वित्तिकै हकार्दै भने, “घाँस नल्याए खान बस्ने बित्तिकै किचकिच गरेर धुम्चट्टै गर्छन् नि त तेरा वस्तुभाउ” भनि बुहारीतर्फ कटाक्ष गरे ।

Nepal Telecom ad

पी पी कोइराला :

“ए ठूली ! किन लडेकी यसरी ?” बुढाले घच्घच्याउँदै उठाउन खोजे ।
उनले रुँदै सकिनसकी उचालेर घर ल्याए ।

बुढी अझै बेहोसै थिइन् । दिउँसोको बाह्र बजेको सुनसान थियो । बुढा अतालिएर यता र उता कराउँदै दगुर्न थाले । छिमेकी गुहारे । तर कसैले सुनेनन् किनकी प्राय भदौमा त्यसबेला सबै जना मेलापातमा गएका हुन्थे । उनी नअत्तालिउन् पनि किन ? आफैले सबै तारतम्य मिलाउनु पर्ने । उनलाई यस्तो समस्या यस अघि कहिल्यै पनि आइलागेको थिएन । जे परे पनि सबै बुढीले नै थामिदिएको थियो ।

“कसैका नभका यिनका बाख्रा ।” भन्दै बुढाले रिसले खोर उघारिदिए ।
“कसैका नभका वस्तु । लु जा !” भन्दै उनले दाम्लो खोल्दिए ।

त्यहिबेला टुप्लुक्क छोराबुहारी बजारबाट आईपुगे र “किन बहुलाका यी आज ?” भन्दै बुहारीले ठाडै खाउँलाझैँ गरिन् ।
“एउटा उमेर हुन्छ नि काम अह्राउने पनि । घाँस दाउरा गर्ने उमेर हो त यो सत्तरी कटेकी बुढीआमाको ?” बुढाले
पनि झम्टिए ।
“कहाँ मुन्टिएका थियौ ? आमा बेहोस छे उता ।” हकार्दै बुढीतिर जाने सङ्केत दिए ।
“लौ के भो नि !” भन्दै छोराबुहारी दुवै रुन शुरु गरे ।
“अस्पताल लानु पर्दैनथ्यो ?” बुहारीले सुँकसुँक गर्दै भनिन् ।
“म बुढोले कसरी अस्पताल लानु नि ?” बुढाले पागल झैं छटपटाउँदै जवाफ दिए ।
“यस्तो टन्टलापुर घाममा नजानु पर्थ्यो नि त” छोरोले आफ्नी प्रेमिकाको बचावमा सहानुभूति देखाए झैं गर्‍यो ।

पागलजस्तै बरबराइरहेका बुढाले सुन्ने वित्तिकै हकार्दै भने, “घाँस नल्याए खान बस्ने बित्तिकै किचकिच गरेर धुम्चट्टै गर्छन् नि त तेरा वस्तुभाउ” भनि बुहारीतर्फ कटाक्ष गरे ।
“छिटो अस्पताल लैजा न । के विलौना गरिराख्छस् ? दलाउने बेलामा लाज भएन, अहिले स्वाङ पार्छस् ?” भन्दै बुढीलाई पानी छ्यापे ।

तर भाग्यवश तुरुन्तै बुढीको होस आयो । उनले पिउने पानी मागिन् । अनि पिइसकेर भनिन्  “किन अत्तालिएका तिमेरू सबै ? अब म ठीक छु।बेलाबेला मलाइ यो टन्टलापुर घाममा खोइ के हुन्छ के ! बेहोस भैहाल्छु ।”

आफ्नी प्राणप्यारी बाँचेकोमा बुढाले आफू बाँचिने दिन पनि बढेको सम्झँदै खुशीले गदगद भए र गाइबाख्रा खोज्न कुदे ।

०००
धरान १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x