पी पी काेइरालाथप आयु
पागलजस्तै बरबराइरहेका बुढाले सुन्ने वित्तिकै हकार्दै भने, “घाँस नल्याए खान बस्ने बित्तिकै किचकिच गरेर धुम्चट्टै गर्छन् नि त तेरा वस्तुभाउ” भनि बुहारीतर्फ कटाक्ष गरे ।

पी पी कोइराला :
“ए ठूली ! किन लडेकी यसरी ?” बुढाले घच्घच्याउँदै उठाउन खोजे ।
उनले रुँदै सकिनसकी उचालेर घर ल्याए ।
बुढी अझै बेहोसै थिइन् । दिउँसोको बाह्र बजेको सुनसान थियो । बुढा अतालिएर यता र उता कराउँदै दगुर्न थाले । छिमेकी गुहारे । तर कसैले सुनेनन् किनकी प्राय भदौमा त्यसबेला सबै जना मेलापातमा गएका हुन्थे । उनी नअत्तालिउन् पनि किन ? आफैले सबै तारतम्य मिलाउनु पर्ने । उनलाई यस्तो समस्या यस अघि कहिल्यै पनि आइलागेको थिएन । जे परे पनि सबै बुढीले नै थामिदिएको थियो ।
“कसैका नभका यिनका बाख्रा ।” भन्दै बुढाले रिसले खोर उघारिदिए ।
“कसैका नभका वस्तु । लु जा !” भन्दै उनले दाम्लो खोल्दिए ।
त्यहिबेला टुप्लुक्क छोराबुहारी बजारबाट आईपुगे र “किन बहुलाका यी आज ?” भन्दै बुहारीले ठाडै खाउँलाझैँ गरिन् ।
“एउटा उमेर हुन्छ नि काम अह्राउने पनि । घाँस दाउरा गर्ने उमेर हो त यो सत्तरी कटेकी बुढीआमाको ?” बुढाले
पनि झम्टिए ।
“कहाँ मुन्टिएका थियौ ? आमा बेहोस छे उता ।” हकार्दै बुढीतिर जाने सङ्केत दिए ।
“लौ के भो नि !” भन्दै छोराबुहारी दुवै रुन शुरु गरे ।
“अस्पताल लानु पर्दैनथ्यो ?” बुहारीले सुँकसुँक गर्दै भनिन् ।
“म बुढोले कसरी अस्पताल लानु नि ?” बुढाले पागल झैं छटपटाउँदै जवाफ दिए ।
“यस्तो टन्टलापुर घाममा नजानु पर्थ्यो नि त” छोरोले आफ्नी प्रेमिकाको बचावमा सहानुभूति देखाए झैं गर्यो ।
पागलजस्तै बरबराइरहेका बुढाले सुन्ने वित्तिकै हकार्दै भने, “घाँस नल्याए खान बस्ने बित्तिकै किचकिच गरेर धुम्चट्टै गर्छन् नि त तेरा वस्तुभाउ” भनि बुहारीतर्फ कटाक्ष गरे ।
“छिटो अस्पताल लैजा न । के विलौना गरिराख्छस् ? दलाउने बेलामा लाज भएन, अहिले स्वाङ पार्छस् ?” भन्दै बुढीलाई पानी छ्यापे ।
तर भाग्यवश तुरुन्तै बुढीको होस आयो । उनले पिउने पानी मागिन् । अनि पिइसकेर भनिन् “किन अत्तालिएका तिमेरू सबै ? अब म ठीक छु।बेलाबेला मलाइ यो टन्टलापुर घाममा खोइ के हुन्छ के ! बेहोस भैहाल्छु ।”
आफ्नी प्राणप्यारी बाँचेकोमा बुढाले आफू बाँचिने दिन पनि बढेको सम्झँदै खुशीले गदगद भए र गाइबाख्रा खोज्न कुदे ।
०००
धरान १३
Subscribe
Login
0 Comments
Oldest








































