साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पहिलो व्यक्ति बनेँ

आफ्नै अनुहार हेरेर तर्सिने अन्तिम व्यक्ति हूँ र मेरि आमाको अन्तिम मलामी । अन्तिममा सबै अन्तिमहरूको हिसाबकिताब गर्दा यसरी सबैतिरबाट अन्तिम व्यक्ति बन्ने म पहिलो व्यक्ति बनेँ ।

Nepal Telecom ad

मनोज खड्का ‘मिलन’ :

म मेरी आमाको
अन्तिम सन्तान हूँ
विद्यालयको
अन्तिम विद्यार्थी
कलेजको
अन्तिम छात्र ।


अन्तिम विरोधि
अन्तिम समर्थक
निर्धो व्यवस्थाको
अन्तिम कार्यकर्ता
अन्तिम झोले
फोहोरी संस्थाको ।


यो ब्रह्माण्डमा चलिरहेको
दैवलीला मन्चनको
अन्तिम श्रोता
अन्तिम दर्शक

अन्तिम व्यापारी
अन्तिम ग्राहक
पैसा नबिक्ने बजारको ।


नाजुक सफलताको
अन्तिम आरोही
अन्तिम अवरोही

कलमको क्रान्तिको
अन्तिम क्रान्तिकारी लेखक
अन्तिम बौलाहा पाठक ।

मैले कैयौँ समयमा
अन्तिम पटक भनेको छु
कि म अन्तिम वक्ता हूँ
म प्रेमालयको
अन्तिम पागल प्रेमी ।


धर्म र विज्ञानको
अन्तिम आलोचक
अन्तिम अनुयायी

अन्तिम देशभक्त
अन्तिम देशद्रोही
खोक्रो राष्ट्रवादको ।


डार्विन र टोल्सटोयको
अन्तिम शिष्य
अन्तिम योद्धा
एडोल्फ र बोनापार्टको

ब्रह्मा र जिससको
अन्तिम सिद्धान्त
आइन्स्टाइन र थोमसको
अन्तिम प्रयोग ।


किट्स र टेगोरको
अन्तिम कविता

अन्तिम निबन्ध
जेम्स र भैरवको ।


आफ्नै अनुहार हेरेर तर्सिने
अन्तिम व्यक्ति हूँ

मेरि आमाको
अन्तिम मलामी ।

अन्तिममा
सबै अन्तिमहरूको
हिसाबकिताब गर्दा
यसरी
सबैतिरबाट अन्तिम व्यक्ति बन्ने
म पहिलो व्यक्ति बनेँ ।

०००
सुखड, कैलाली

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Rupesh Chapai
Rupesh Chapai
2 years ago

Nice sir

siddha naryan acharya
siddha naryan acharya
2 years ago

गजब

Nepal Telecom ad
योद्धा

योद्धा

मनाेज खड्का मिलन
कहाँ सोच्यौँ ?

कहाँ सोच्यौँ ?

मनाेज खड्का मिलन
बाङ्गो

बाङ्गो

मनाेज खड्का मिलन
ईश्वरको दाहसंस्कार

ईश्वरको दाहसंस्कार

मनाेज खड्का मिलन
तीन ठोक्तक

तीन ठोक्तक

मनाेज खड्का मिलन
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
2
0
Would love your thoughts, please comment.x
()
x