मनाेज खड्का मिलनयोद्धा
किसानको बिसौनी प्रेमको किस्सा बाध्यताको चिहान रहरहरूको गन्तव्य अहंकारको आर्यघाट मतलव उसले समुद्र भन्दा माथि आफ्नो चित्र बनाउँदै छ ।

मनाेज खड्का मिलन :
अनौठो अप्रत्याशित
अजय अविच्छिन्न
खै कस्तो कस्तो
उ
हेरिरहेछ
परिवर्तनको ऐना
बुर्का लगाएर
र
सुँघिरहेछ
सभ्यताको गन्ध
मास्क लगाएर
ऊ
महसुस गरिरहेछ
जुम्राहरूको नाङ्गो नाच
हेल्मेट लगाएर कन्याउँदै
मुस्कुराइरहेछ
यौटा क्यानभासमा
भिन्चीभन्दा जेठो कलमले
कोट्याइरहेछ नौलो आकृति
सबैभन्दा तल हिमाल ठड्यायो
त्यसमाथि पहाड उभ्यायो
र त्यसमाथि तराइ बनाइदियो
निरंकुशताको डोजर लगाएर
मैदानमाथि बनायो
खोक्रो आडम्बर बोकेको
कठोर मरुभूमि
लौ त्यसमाथि बल्ल
समुन्द्र बनायो
अब के गर्छ ??
अब उसले बनाउँछ
समुन्द्रभन्दा माथि
आवाज बिहिनहरूको आवाज
निर्दोषहरूको न्यायलय
स्वतन्त्रताको झण्डा
श्रमिकहरूको पसिना
मजदुरहरूको कार्यस्थल
शान्ति निकेतनको रम्यस्थली
किसानको बिसौनी
प्रेमको किस्सा
बाध्यताको चिहान
रहरहरूको गन्तव्य
अहंकारको आर्यघाट
मतलव
उसले समुद्र भन्दा माथि
आफ्नो चित्र बनाउँदै छ ।
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest






































