साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वरको दाहसंस्कार

मिसाइल तथा अणुबमहरूको विस्फाेटले हुनसक्छ एस्ट्रोइडको बर्षातले हुनसक्छ या अन्य कुनै कारणले हुनसक्छ नयाँ कालखण्डको शुरुवातीको लागि तेत्तिसकोटी आर्यघाटमा इश्वरहरूको दाहसंस्कार हुँदैछ ।

Nepal Telecom ad

मनाेज खड्का ‘मिलन’ :

हुनसक्छ
मन्दिरभित्र दियो जलाएर
मन्दिरको ढोका बन्द गरेर हिँडेपछि
बिचरा दियोको लप्काले पोलेर हुनसक्छ

हुनसक्छ
मागेको बरदान नपाउँदा
सयौँ आस्तिक भक्तजनले
सरापेर हुनसक्छ

हुनसक्छ
आफ्नै दाजुभाइसँग मनमुटाव गरेर
मस्जिद छिरेका दाजुभाइले
ब्रह्मा हिँड्ने मुलबाटोमा एम्बुश हानेर हुनसक्छ

हुनसक्छ
वेद बेच्दै गरेकी सरस्वतीलाई
अज्ञात डाँकुहरूले
सामुहिक बलात्कार पछि घाँटी च्यापेको हुनसक्छ

हुनसक्छ
फलाम पिट्दै गरेका बिश्वकर्मालाई
क्रान्तिकारी समुहले
खलाँतीमा टाउको कोचेर जलाएको हुनसक्छ

हुनसक्छ
ध्यानमग्न लक्ष्मीको आसनमुनिको
कमलको फूलबाट स्पोडोपेट्रा निस्केर
मेरुदण्डमा आक्रमण गरेर हुनसक्छ

हुनसक्छ
आफ्नै हातबाट सुदर्शन चक्र फुत्केर
बैकुण्ठको भित्तामा ठोक्किएर रिकोसे भएर
विष्णुको छातिमै गाडिएर हुनसक्छ

हुनसक्छ
मानसरोवरमा पार्वतीसँग मस्ती गर्दै गर्दा
आफ्नै कुनै सिपाहीबाट वाँण हानिएर
शिवको निधारमा रोपिएर हुनसक्छ

हुनसक्छ
बिचैमा हनुमानको हात गलेर
द्रोणाचल पर्वत हातबाट फुस्किँदा
राम-लक्ष्मण च्यापिएर हुनसक्छ

हुनसक्छ
देवराज इन्द्रलाइ
दधीचीको हाडले तर्साएर
मध्यरातमा ऐँठन परेर हुनसक्छ

हुनसक्छ
रासलिलाको क्रममा
रुक्मिणीले नागकन्याको रुप लिएपछि
अत्यासले कृष्णको सासै रोकिएर हुनसक्छ

हुनसक्छ
द्रौपदीको इज्जत लुटिएपछि
पाण्डवहरू डिप्रेशनमा गएर हुनसक्छ

हुनसक्छ
कुशे औँशीमा एकाग्रताको खण्डमा
पिपलको रुखले प्राणवायु दिन लोभ गरेपछि
अपानवायुको अत्याचारले बुद्धको घाँटी न्याकेर हुनसक्छ

हुनसक्छ
कुनै यहुदी या पत्रुसले नै
क्रुशबाट जिउँदो हुनु अगावै
धारिलो चक्कु प्रहार गरेर हुनसक्छ

हुनसक्छ
कोहि गाइको अवतारमा उत्रिएर
पुच्छरमा झुण्ड्याइराखेको ग्निनेट लुबिङ गरेर
अल्लाहले ऐय्या भन्न पनि नपाइ विश्राम लिएर हुनसक्छ

यो पनि हुनसक्छ
देवलोकमा भुइचालो आएर हुनसक्छ
सुनामीले अतिक्रमण गरेर हुनसक्छ
मिसाइल तथा अणुबमहरूको विस्फाेटले हुनसक्छ
एस्ट्रोइडको बर्षातले हुनसक्छ
या अन्य कुनै कारणले हुनसक्छ

नयाँ कालखण्डको शुरुवातीको लागि
तेत्तिसकोटी आर्यघाटमा
इश्वरहरूको दाहसंस्कार हुँदैछ ।

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
योद्धा

योद्धा

मनाेज खड्का मिलन
कहाँ सोच्यौँ ?

कहाँ सोच्यौँ ?

मनाेज खड्का मिलन
बाङ्गो

बाङ्गो

मनाेज खड्का मिलन
तीन ठोक्तक

तीन ठोक्तक

मनाेज खड्का मिलन
म पहिलो व्यक्ति बनेँ

म पहिलो व्यक्ति बनेँ

मनाेज खड्का मिलन
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x