साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ सोच्यौँ ?

किनारसङ्गै सपना देख्न थाल्यौ हामी छालले निद्रा बिथोल्छ कहाँ सोच्यौँ ?

Nepal Telecom ad

मनाेज खड्का ‘मिलन’:

बगैंचामा यो माहोल छ कहाँ सोच्यौँ
फूलले जम्मै राज खोल्छ कहाँ सोच्यौँ ?

मखमलको माला लिएर गयौँ हामी
सालिक झर्केर बोल्छ कहाँ सोच्यौँ ?

हामीले सोच्यौँ पोल्न आगो चाहिन्छ
बाफले यसरी पोल्छ कहाँ सोच्यौँ ?

नजर लगाइदियौँ नकाव उतारेर
ऐनाले साँचो बोल्छ कहाँ सोच्यौँ ?

आँखाभित्रै बिलाइदियौँ आँखाहरू
आँखाबाहिर भूगोल छ कहाँ सोच्यौँ ?

हीरा झैँ चम्किलो बजारको दिलमा
कोइलाजस्तो टोल छ कहाँ सोच्यौँ ?

किनारसङ्गै सपना देख्न थाल्यौ हामी
छालले निद्रा बिथोल्छ कहाँ सोच्यौँ ?

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
योद्धा

योद्धा

मनाेज खड्का मिलन
बाङ्गो

बाङ्गो

मनाेज खड्का मिलन
ईश्वरको दाहसंस्कार

ईश्वरको दाहसंस्कार

मनाेज खड्का मिलन
तीन ठोक्तक

तीन ठोक्तक

मनाेज खड्का मिलन
म पहिलो व्यक्ति बनेँ

म पहिलो व्यक्ति बनेँ

मनाेज खड्का मिलन
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x