साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मर्दैछस् भनेकै हो

त आफैँले खनिज खाल्टो अरुलाई त्यता पूर्ण त्यसैमा नै छिटै आफै त पर्दै छस् भनेकै हो । हजारौँ पल्ट सम्झायो। हजारौं पल्ट बिर्सिन्थिस् त्यसैले नर्कमा डेरा तँ सधै छस् भनेकै हो ।

Nepal Telecom ad

ऋषिराम अधिकारी :

नदी त्यो कालको कालो त तर्दै छस् भनेकै हो
दिनै पिछे छिनै पिछे त मर्दैछस् भनेकै हो।

भोलिस् संसारमा मात्रै रमाइस्य प्रेममा मात्रै
दुई गल्ती सधैं उस्तै त गर्दै छस् भनेकै हो।

नबाडिस् ज्ञान अर्कामा न केहीको गरिस् दान
भकारी पापको मात्रै तँ भर्दै छस् भनेकै हो ।

त आफैँले खनिज खाल्टो अरुलाई त्यता पूर्ण
त्यसैमा नै छिटै आफै त पर्दै छस् भनेकै हो ।

हजारौँ पल्ट सम्झायो। हजारौं पल्ट बिर्सिन्थिस्
त्यसैले नर्कमा डेरा तँ सधै छस् भनेकै हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x