साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गो

बरु सिधै भैदेको भए पक्कै बुद्ध जन्मेको ठाउँ नेपालमै पर्थ्यो रे !! यस्ता टेढा छिमेकी रहिरहे भने त हाम्रो देश सिधै भएको भए पनि बङ्ग्याएरै छाड्छन् । छाड्छन् मात्र होइन दार्चुलालाइ बङ्ग्याउन कोशिस पनि गरिरहेकै छन् ।

Nepal Telecom ad

मनोज खड्का ‘मिलन’ :

सोझोको विपरितार्थी शब्द हो बाङ्गो । हुन त बिसौँ शताब्दी देखिको विश्वकै सोझो मान्छेले आज एक्काइसौं शताब्दीमा आएर एक्कासी बाङ्गोको कुरा किन गर्यो भन्ने सोच्नुहोला तर प्रसङ्ग समय सान्दर्भिक नै छ।

पहिले पहिले प्रायजसो प्राकृतिक चिजहरू बाङ्गा हुन्थे तर आज समयको बदलावसँगै कृत्रिम अझै भनौं भावनात्मक चिजहरू प्राय बाङ्गा हुन थालेका छन । जस्तो मान्छेका कुरा , बिचार, भेषभुषा, धर्म, संस्कृति सब बाङ्गा हुन थालेका छन् । हुन त देश नै बाङ्गाहरूको हातमा परेर हो कि किन हो मलाइ त आजकाल सब चिज बाङ्गा मात्र देखिन थालेका छन् । हुन त जवानी चढेपछl सबै चिज बाङ्गा देखिन्छन भन्थे हो कि त वा ।

फेरि यसो हेर्छु दाँत झरेका पनि छैनन् , रौँ फुलेका पनि छैनन्, जिब्रो पनि सकुशल नै छ यसको मतलब मलाइ जवानी चढेको पनि छैन । यसले किन यस्तो कुरा गर्यो भन्नुहोला फेरि नपत्याए हेर्नुस् न देशमा सधै नारा घन्काउछन्- अब देश चलाउने पालो युवाहरूको भन्दै । अनि देश चलाउनेहरू चैँ तिनै गाला चाउरिएका जल्दाबल्दा युवाहरू नै छन् । यसर्थमा मलाइ म बच्चै लाग्यो । लाग्नु पनि स्वभाविकै हो ।

हामी मात्र बाङ्गा हौँ सोच्नुभाको होला तपाइँहरूले फेरि हामी त के बाङ्गा हौँ र हाम्रा तल्लाघरे छिमेकी झन टेढा छन् भनिदिन्छन् । गौतम बुद्ध भारतमा जन्मेका हुन् रे । लौ जेरी भन्दा बाङ्गो कुरा गर्ने यी तल्लाघरे छिमेकीलाई तपाईं के भन्नुहुन्छ ? हामीले पनि के भन्नू र पटक पटक सम्झाएकै हो तपाईं यस्तो बाङ्गो कुरा किन गर्नुहुन्छ भनेर ।

उनी भन्छन् हामीले बाङ्गो कुरा गरेको होइन, तपाईंहरूको देश नै बाङ्गो छ रे ! पख्नुस ! नहाँस्नुस् । हामीले त्यो पनि सोध्यौँ कसरी छ हाम्रो देश बाङ्गो ? उनी नाक बाङ्गो पार्दै भन्छन्- तपाइँले नेपालको नक्सा हेर्नुभ’को छैन ? ठ्याक्कै गौतम बुद्ध जन्मेकै ठाउँभन्दा अलिकति अगाडिबाट माथि माथि गएको छ र लुम्बिनी कटिसकेपछि फेरि तल त झरेको छ । बरु सिधै भैदेको भए पक्कै बुद्ध जन्मेको ठाउँ नेपालमै पर्थ्यो रे !!

यस्ता टेढा छिमेकी रहिरहे भने त हाम्रो देश सिधै भएको भए पनि बङ्ग्याएरै छाड्छन् । छाड्छन् मात्र होइन दार्चुलालाइ बङ्ग्याउन कोशिस पनि गरिरहेकै छन् । अझ गाह्रो कुरो त यो पो छ त तल्लाघरे छिमेकी जस्तै माथ्लाघरे छिमेकीले पनि देख्नुभएन सगरमाथा पनि पुरै नेपालभन्दा अग्लो छ ।

सगरमाथा भन्दा केही अगाडिदेखिनै पुरै माथि आको छ र सगरमाथा भन्दा उतापट्टीबाट बल्ल बल्ल तल झरेको छ । त्यसैले सगरमाथा भएको ठाउँ ठ्याक्कै चिनमा पर्छ भन्दियो भने ।

त्यसैले सारा विश्वले भन्छ नेपालीहरू सोझा र इमानदार हुन्छ्न् ।त्यही फाइदा उठाएर हाम्लाइ छिमेकीले पनि हेप्न थाले । त्यसैले आजैदेखि सोझोपन छोडौँ । मौकामा चौका हानिहाल्नुपर्छ । भनाइ नै छ नि सोझो औंलाले घिउ आउँदैन।

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
योद्धा

योद्धा

मनाेज खड्का मिलन
कहाँ सोच्यौँ ?

कहाँ सोच्यौँ ?

मनाेज खड्का मिलन
ईश्वरको दाहसंस्कार

ईश्वरको दाहसंस्कार

मनाेज खड्का मिलन
तीन ठोक्तक

तीन ठोक्तक

मनाेज खड्का मिलन
म पहिलो व्यक्ति बनेँ

म पहिलो व्यक्ति बनेँ

मनाेज खड्का मिलन
0
Would love your thoughts, please comment.x
()
x