साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (९)

बाँच्ने आश नि छैन छैन अब ता आँखा धमिला भए आधा होस छ अंग अंग गलिए बोली नबुझ्ने भए हाम्रो गाउँ सधैँ सधैँ रमिरहोस् सोखी छिमेकी हुनू हाम्रा लास पवित्र शुद्ध मनले सद्गत् लगी गर्दिनू ॥

Nepal Telecom ad

हेम अधिकारी :

गाई गोठ छ खालि छैन दुधको थोपो, छ रित्तै कुँडे
हाम्रो शक्ति रहेन खेत अब लौ बारी सबै बाँझिए ।
धारा साउनका झरीसरि भई आँसु झरे धर्धरी
प्यारो यो घरनै उजाड अब भो काम्छौँ सधैँ थर्थरी ॥

जेठो भो निठुरी बधू छ कपटी मातापिता बिर्सिए
कान्छो दुष्ट स्वभावको छ निठुरी झन् त्रास बड्दै गए ।
कान्छो गर्भ तुहेसरी हुन गयो भो आज सातो लिने ।
छोरा छन् तर आस छैन अबता त्यो दागबत्ती दिने ॥

छोरामात्र भनेर आज दुनयाँ अन्धो भएको छ है
छोरी मास्न भनेर लाग्छ यसरी बाटो बिरायो ल है
के के बन्छ विधान मातृदलनै निर्वाध मासिन्छ नि
आफ्नो आगतले अनागत सबै के गर्छ के गर्छ नि ॥

बाँच्ने आश नि छैन छैन अब ता आँखा धमिला भए
आधा होस छ अंग अंग गलिए बोली नबुझ्ने भए
हाम्रो गाउँ सधैँ सधैँ रमिरहोस् सोखी छिमेकी हुनू
हाम्रा लास पवित्र शुद्ध मनले सद्गत् लगी गर्दिनू ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x