सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बच्यौली

असन्तुष्टि व्यक्त गर्दै डटपेन अगाडि बढाए । मैले लिएर पहिले जहाँ थियो, त्यहीँ लगेर राखिदिएँ । आठ रुपैयामा दिने दिनुस् है, भन्दै तिनीहरु नौ दुई एघार भए ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

मोटरसाइकलमा दुई मित्र मेरो दोकानभित्र विचित्र तरिकाले आए । एकले आफ्नो खल्तीको डटपेन देखाउँदै भने – मलाई यहीँ डटपेन दिनुस् ।

मैले उनको हातबाट डटपेन लिएर फेरि उनैलाई दिँदै भनें – लिनुस् ।
अर्को कड्किएर पड्कियो – के गरेको यस्तो ? यस्तै किसिमको डटपेन दिनुस् भनेको, कस्तो कुरोको चुरो नबुझी हामीलाई ढिलो गरेको ।

मुस्कुराउँदै दुरुस्तै मैले दोकानको एक कुनाबाट झिकेर डटपेन दिएँ । दुवै जनाले डटपेनलाई ओल्टाई पल्टाई हेरे, कम्पनी मिलाए, डटपेनको बिर्को खोलेर हेरे, डटपेनको कुमारीतत्वको परीक्षण गरे । सबै कुरो चित्त बुझेपछि एकै स्वरमा दुवै जनाले प्रश्न गरे – यसको दाम कति हो ?
दश रुपैया ।

ओरिजनल स्टेशनरीमा आठ रुपैया, वास्तविक स्टेशनरीमा नौ रुपैया, साँचो स्टेशनरीमा साढे नौ रुपैया अनि यहाँ दश रुपैया ? धेरै महँगो भएन ?

असन्तुष्टि व्यक्त गर्दै डटपेन अगाडि बढाए । मैले लिएर पहिले जहाँ थियो, त्यहीँ लगेर राखिदिएँ । आठ रुपैयामा दिने दिनुस् है, भन्दै तिनीहरु नौ दुई एघार भए ।

करिब आधा घन्टापछि ती दुवै फेरि उसै गरी आए । खल्तीमा डटपेन हुनेले बोल्यो – अहिले त सबै पसलेले एघार रुपैया भन्न थाल्यो साहुजी, तपाईंको डटपेनको भाउ बढ्यो कि बढेन् ?

भर्खर पेट्रोलको दाम बढेको सूचना आएको थियो । उसले आधा घन्टामा कम्तीमा आधा लिटर पेट्रोल र दुई जनाको आधा घन्टा समय खर्च गरिसकेका थिए । मैले इसाराले देखाएँ, जहाँ लेखिएको थियो – एक दाम ।

०००
गरूडा, राैतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
अशुभ काम ना

अशुभ काम ना

सञ्जय साह मित्र
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा