साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बच्यौली

असन्तुष्टि व्यक्त गर्दै डटपेन अगाडि बढाए । मैले लिएर पहिले जहाँ थियो, त्यहीँ लगेर राखिदिएँ । आठ रुपैयामा दिने दिनुस् है, भन्दै तिनीहरु नौ दुई एघार भए ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

मोटरसाइकलमा दुई मित्र मेरो दोकानभित्र विचित्र तरिकाले आए । एकले आफ्नो खल्तीको डटपेन देखाउँदै भने – मलाई यहीँ डटपेन दिनुस् ।

मैले उनको हातबाट डटपेन लिएर फेरि उनैलाई दिँदै भनें – लिनुस् ।
अर्को कड्किएर पड्कियो – के गरेको यस्तो ? यस्तै किसिमको डटपेन दिनुस् भनेको, कस्तो कुरोको चुरो नबुझी हामीलाई ढिलो गरेको ।

मुस्कुराउँदै दुरुस्तै मैले दोकानको एक कुनाबाट झिकेर डटपेन दिएँ । दुवै जनाले डटपेनलाई ओल्टाई पल्टाई हेरे, कम्पनी मिलाए, डटपेनको बिर्को खोलेर हेरे, डटपेनको कुमारीतत्वको परीक्षण गरे । सबै कुरो चित्त बुझेपछि एकै स्वरमा दुवै जनाले प्रश्न गरे – यसको दाम कति हो ?
दश रुपैया ।

ओरिजनल स्टेशनरीमा आठ रुपैया, वास्तविक स्टेशनरीमा नौ रुपैया, साँचो स्टेशनरीमा साढे नौ रुपैया अनि यहाँ दश रुपैया ? धेरै महँगो भएन ?

असन्तुष्टि व्यक्त गर्दै डटपेन अगाडि बढाए । मैले लिएर पहिले जहाँ थियो, त्यहीँ लगेर राखिदिएँ । आठ रुपैयामा दिने दिनुस् है, भन्दै तिनीहरु नौ दुई एघार भए ।

करिब आधा घन्टापछि ती दुवै फेरि उसै गरी आए । खल्तीमा डटपेन हुनेले बोल्यो – अहिले त सबै पसलेले एघार रुपैया भन्न थाल्यो साहुजी, तपाईंको डटपेनको भाउ बढ्यो कि बढेन् ?

भर्खर पेट्रोलको दाम बढेको सूचना आएको थियो । उसले आधा घन्टामा कम्तीमा आधा लिटर पेट्रोल र दुई जनाको आधा घन्टा समय खर्च गरिसकेका थिए । मैले इसाराले देखाएँ, जहाँ लेखिएको थियो – एक दाम ।

०००
गरूडा, राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x