साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उखाने झगडा

छिमेकिनी पतिमाथि कड्किँदै थिइन् -‘फेरि पनि गुन्द्रुकलाई पकाउनु पर्दैन’ भन्ने उखान प्रयोग नगर्नुहोला । हैनभने ‘जेठा भेना सबै हिनामिना’ गर्ने जेठो भिनाजु यहाँ आउन खोजेका छन् ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उखानले लैङ्गिक विभेद गरेको हो । पुरुषले मात्र खान्छ र ? महिलाले खाँदैन ? तिमीहरूलाई जे जे मन लाग्यो त्यैँ त्यैँ उखान चलाएर पौरुषप्रधान महिलालाई हेपेका हौँ । अब चाहिँ सुधार गर्नुपर्छ । प्तिदिवसको व्रत बसेकी पत्नीले प्रयोगका लागि कुकरमा तिन सिटी लगाएर पकाएको चिया बढाउँदै बौद्धिक तर्क प्रस्तुत गरिन् ।

एकाबिहानै दार्शनिक प्रवचनलाई म किचकिच नै मान्छु । व्रतालु पत्नीले सांस्कारित भएर घुम्टो लाएको मलाई तेसै अनौठो लागेको थियो । मैले केही नबोलेको देखेर व्रतालु पत्नी कड्किइन् ।
चिया घाँटीमा अड्किँदैन, खाँदा सड्किँदैन तर पनि किन वाणी निक्लँदैन पति महोदय ।
‘बोल्ने मुखलाई घुम्टोले छेक्दैन’ भन्ने विभेदकारी उखानको अर्थ खोज्दैछु । यसको तात्पर्य बताइदिने हो कि व्रतालुज्यू ?
‘खाई नपाई छाला टोपी लाई’ यसको अर्थ यही नै हो । अलिकति कर्के नजरसँगै धर्के मुस्कानले मेरो मुटु थर्कमान बनाई । म चिया पिउन छोडेर छेरपटी लागेको झैँ घुसें बाथरुममा । यत्ति भएपछि आज मलाई पत्नीज्यूबाट कुनै व्यंग्य हुँदैन भन्ने मलाई पक्का विश्वास थियो ।

भिनाजुलाई भगाएर ल्याएकी साली पूरै घरवाली भइसकेकी छिमेकिनी पतिमाथि कड्किँदै थिइन् -‘फेरि पनि गुन्द्रुकलाई पकाउनु पर्दैन’ भन्ने उखान प्रयोग नगर्नुहोला । हैनभने ‘जेठा भेना सबै हिनामिना’ गर्ने जेठो भिनाजु यहाँ आउन खोजेका छन् ।

म बाथरुमबाट हलुको भएर बाहिर निस्कँदा पत्नीजीको अनुहारमा ममाथि अगाथ प्रेम आइसकेको थियो । देखेँ आकाश उघ्रिसकेको छ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x