सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उखाने झगडा

छिमेकिनी पतिमाथि कड्किँदै थिइन् -‘फेरि पनि गुन्द्रुकलाई पकाउनु पर्दैन’ भन्ने उखान प्रयोग नगर्नुहोला । हैनभने ‘जेठा भेना सबै हिनामिना’ गर्ने जेठो भिनाजु यहाँ आउन खोजेका छन् ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उखानले लैङ्गिक विभेद गरेको हो । पुरुषले मात्र खान्छ र ? महिलाले खाँदैन ? तिमीहरूलाई जे जे मन लाग्यो त्यैँ त्यैँ उखान चलाएर पौरुषप्रधान महिलालाई हेपेका हौँ । अब चाहिँ सुधार गर्नुपर्छ । प्तिदिवसको व्रत बसेकी पत्नीले प्रयोगका लागि कुकरमा तिन सिटी लगाएर पकाएको चिया बढाउँदै बौद्धिक तर्क प्रस्तुत गरिन् ।

एकाबिहानै दार्शनिक प्रवचनलाई म किचकिच नै मान्छु । व्रतालु पत्नीले सांस्कारित भएर घुम्टो लाएको मलाई तेसै अनौठो लागेको थियो । मैले केही नबोलेको देखेर व्रतालु पत्नी कड्किइन् ।
चिया घाँटीमा अड्किँदैन, खाँदा सड्किँदैन तर पनि किन वाणी निक्लँदैन पति महोदय ।
‘बोल्ने मुखलाई घुम्टोले छेक्दैन’ भन्ने विभेदकारी उखानको अर्थ खोज्दैछु । यसको तात्पर्य बताइदिने हो कि व्रतालुज्यू ?
‘खाई नपाई छाला टोपी लाई’ यसको अर्थ यही नै हो । अलिकति कर्के नजरसँगै धर्के मुस्कानले मेरो मुटु थर्कमान बनाई । म चिया पिउन छोडेर छेरपटी लागेको झैँ घुसें बाथरुममा । यत्ति भएपछि आज मलाई पत्नीज्यूबाट कुनै व्यंग्य हुँदैन भन्ने मलाई पक्का विश्वास थियो ।

भिनाजुलाई भगाएर ल्याएकी साली पूरै घरवाली भइसकेकी छिमेकिनी पतिमाथि कड्किँदै थिइन् -‘फेरि पनि गुन्द्रुकलाई पकाउनु पर्दैन’ भन्ने उखान प्रयोग नगर्नुहोला । हैनभने ‘जेठा भेना सबै हिनामिना’ गर्ने जेठो भिनाजु यहाँ आउन खोजेका छन् ।

म बाथरुमबाट हलुको भएर बाहिर निस्कँदा पत्नीजीको अनुहारमा ममाथि अगाथ प्रेम आइसकेको थियो । देखेँ आकाश उघ्रिसकेको छ ।

०००
रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
अशुभ काम ना

अशुभ काम ना

सञ्जय साह मित्र
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा