साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गलत प्रतिस्पर्धा

छ यो राम्रो भन्दै तनुज तनुजा भासिन गए। खुशी मान्छे बन्ने अब त सपना मासिन गए। पसे खाल्डो भित्रै तल तल पुग्यो भो सकसमा। प्रतिस्पर्धा गर्दा धेरै समय नचिनी पर्छ अपचमा॥

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

छ ऊ भोकै बस्ने सडक डिलमा हुन्न नजर।
छ ऊ फुस्रै धुस्रै मुख मलिन सुख्खा छ अधर।
त्यता हाम्रा छैनन् नजर कहिल्यै हेर्छ कपडा।
चिरिच्याँट्टे मान्छे असल दरियो हुन्न लफडा ॥१

जमाना कस्तो हो सुन नगदको हुन्छ महिमा।
जमाना कस्तो हो पहिरन भए छिप्छ प्रतिभा।
लुगा मै आँखा छन् पुरुष महिलाका दिन दिन।
म ता नाङ्गै देख्छू मनुज अहिलेका किन किन॥२

कमाएको सारा पहिरन लगाएर सकियो।
पुरानो हाम्रो संस्कृति अब कता बच्छ सकियो।
नयाँ नौला भन्दै चलन नहुँदा लाउन गए।
सबै भोकै पर्दा जुन जहर चिन्दा सकिए॥३

पढालेखा हामी गलत तरिकामा किन गयौँ।
नराम्रो बाटोमा लुसुलुसु सधैँ नै किन गयौँ।
सुधारी लैजाने युग पुरुष हामी अब भई।
सुधारौँ हाम्रो यो गलतफहमी चड्कन दिई॥४

नराम्रा राम्रा के न त छ तुलना फेसन ग-यो।
नराम्रो भित्र्यायो विकृति जसले मङ्गल ह-यो।
हुने खाने मात्रै अघि अघि सही ठान्दछ किन।
हुँदा खाने मान्छे धुरुधुरु रुने भो दिनदिन॥५

छ यो राम्रो भन्दै तनुज तनुजा भासिन गए।
खुशी मान्छे बन्ने अब त सपना मासिन गए।
पसे खाल्डो भित्रै तल तल पुग्यो भो सकसमा।
प्रतिस्पर्धा गर्दा धेरै समय नचिनी पर्छ अपचमा॥६

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x