साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिजीवी

हाम्रो बुद्धिजीवीहरू धेरै सस्तो भएर होला जो पनि आउँछ किनेर जान्छ... कहिले उधम किन्छ कहिले चियाका युनियन नेता किन्छ... कहिले टिस्टा किन्छ कहिले बारी किन्छ ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

बुद्धिजीवी = बौद्धिक काम गरेर जीविका चलाउने ।
अब शब्दकोशले यसरी परिभाषित गरेपछि म नाथुले नमाने कुरा नै भएन ।
बौद्धिक भनेको घाँटीदेखि माथि हुने क्या त टाउको त्योभित्र हुने गिदी जसले चेतनालाई सिर्जना गर्छ त्यसलाई बुद्धि (बौद्धिक) भनिन्छ । जसले तर्क वा कुनै कुराको ठोस निणर्य गर्छ ।

आफ्नो त बुद्धि नभएर होला बजारमा बिक्री गरे पनि बोकाको टाउको भन्दा कम दाममा विक्री हुन्छ कि भन्ने डर छ । मगज भनेको थाहा छ ? मगज भनेको माछा खानेको बुद्धिलाई भनिन्छ । पहाडेले इस्कूस खाएर होला, काँडा पनि बाहिर मात्रै छ । माछा खानेले भित्र काँडा राख्छ आपतकालमा प्रयोग गर्छ जसलाई बुद्धिजीवी प्राणी भनिन्छ ।
हामी त बाहिरी छौँ, तब त मौसम अनुसार इस्कूसले पनि बाहिर काँडा राखेको छ, नभए त माछाले जस्तो भित्र काँडा राख्ने थियो होला नि ।

इख र विख नभएपछि गतिछाडा बुद्धिजीवी हुनू नै पर्छ । सर्पमा विख छ र त ऊ सित सबै डराउँछन् । पानी सापमा विख छैन तब त उसलाई पकाएर खान्छन् । बाँदरमा बुद्धि छैन, पहाडेमा कहाँ छ र बुद्धि ? तब त डमरु बजाएर कलकत्तादेखि दिल्लीसम्मकाले नचाउने भएका छन् ।

बुद्धि भएर पनि प्रयोग नभएको हाम्रो मात्रै होला ! नभए दुनियाँको नजरमा बहादुर र इमानदार भए पनि आफन्त बिचमा नै हाम्रोहरू दलाल कसरी भयो नि ! जब बुद्धि भएकोले दिमाग चलाउन छोड्छ तब बुद्धि नभएकोले शासन गर्छ । यसरी बुझ्नु जब योग्य व्यक्तिले रमिता हेर्न थाल्छ तब अयोग्यले योज्ञताको परीक्षा लिन्छ ।

बुद्धि चलाउनु सजिलो चैँ छैन । सजिलो भएको भए रातारात मालामाल हुने बुद्धि भए उच्च कोटीको बुद्धिजीवीमा नै पर्छ । मञ्चमा चड्नुअघि तपाईंको कुनै बौद्धिक जाँच हुँदैन । यदि मञ्चमा खादा, माला लगाउन मन मात्रै भए तपाईंको गोजीलाई अलिकति ढिला गरिदिनुपर्छ नाथे बुद्धिजीवी वर्गमा तपाईंको नाम अग्रपंक्तिमा आउने छ ।

यदि यति गर्न असमर्थ भए कसैको गुणगान गरेर पुच्छर हलाउनु, तपाईंको प्रथम स्थान नभए पनि दोस्रो स्थान निश्चित नै छ । यहाँ बुद्धिलाई जीवी बनाउने कला जानुपर्छ बाँकी त आलुको भावमा पाइन्छ ।
मैले धेरै दिनदेखि बुद्धिजीवी खोजेँ । बुद्धि त मानव भएपछि सबैको हुन्छ तर यो बुद्धि+जीवी = बुद्धिजीवीको जीवी कतै नपाएपछि साँढेगोरुले जस्तै एकोहोरो के सोचेँ सोचेँ, लास्टमा चाल पाएँ बुद्धि+पैसा = जीवी हुनेरहेछ भन्ने फर्मुला पो पाएँ… ।

जेहोस्, हुनेले जसरी पनि आफ्नो कर्तव्य निभाउँछन्, मजस्तो पैसाको लुतो लागेकोलाई केको कन्याइ । जोसुकै बुद्धिजीवी होस् कि विद्वान होस्… हामीजस्तो खटिएको गोरुलाई बुद्धि त के आउँछ होला र ! … भएको एकदुई रुपियाँ दाम पनि कार्यक्रममा जाँदा खतम हुन्छ ।

बुद्धिजीवी कतै भेटे आजकल त डर पो लाग्छ । दुनियाँको ऋण बोकेर समाजमा भाव खोज्नेहरूले लोनमा भए त हात्ती पनि किन्छु भन्छन् । कतै चिया दोकान भेटे अझै टेन्सन । आफूले खायो खायो दस जनाको पैसा तिरेर हिँड्नुपर्छ । मागे बुद्धिजीवी नमागे आफ्नो नै गोजी रित्ती ।

एकजना बुद्धिजीवी भेटेको थिएँ कुनै समय । भाइ, हजुरको रचना मलाई विक्री गर्नु न मेरो नाम हालेर किताब निकाल्छु रे… मैले भने सर मेरा सबै रचना विभिन्न ठाउँबाट प्रकाशित छन्, यदि तपाईंलाई दिएर अन्तमा तपाईंको किताब पढ्नेले त मलाई चोर भन्छ फेरि… यसोउसो गरेर तिनी बुद्धिजीवीलाई साइड त लगाएँ, मनमनै सोचेँ मेहनत नगरी नाम कमाउने कमी चै छैन रहेछ संसारमा भनेर चुपचाप लागेँ आफ्नो बाटो….
फेरि एकजना बुद्धिजीवी यही फेसबुके हल्लाघरमा पाएको थिएँ ..रचना मेरो छ नाम उसको….कति खोजेँ लास्टमा बदनाम हुने डरले ब्लक गर्नुभएछ… ।

काम अरुलाई लगाएर स्वणर् अक्षरमा आफ्नो नाम हालेर काम मेरो हो भन्नेको कमी छैन । नाम अनि दाम दुई मिलाएर बनाएको बुद्धिजीवी शब्दले धेरै कुरा सिकाउँछ । दाम हुनेहरूले समाजमा जे भन्दा पनि सही हुन्छ । त्यसलाई नै समर्थन गर्छन् । ताली मार्नेहरू तालीमा नै सीमित भएर जुकाजस्तै नाम्ले लागेर मर्नु कि बाँच्नु भएका हुन्छन् ।

धन्न नि यो बुद्धिजीवी हुने शूर आएन र मात्रै नभए त बाजेले जोडेको अलिअलि भएको जमिन पनि कुन चैँ लाई विक्री गरे सक्थेँ होला… आजकल पैतृक सम्पत्ति बेचेर बुद्धिजीवी हुने रहर सबैतिर चढेको छ । खासै हामी जोड्नु सक्ने प्राणी चैँ होइन तर बाजे बराजुले जोडेको सम्पत्ति तोड्नुमा सिपालु छौँ । शहर बसेको ठाउँबाट बिस्तारै विस्थापित भएका घटनालाई नभनौँ है । हामी शहर बेचेर बगरमा पुग्ने जाति… ।

दुनियाँले चन्द्रमा जमिनको कुरा गर्दा हामी पृथ्वीको धरातलमा आफ्नो भूमिसम्म नभएको बुद्धिजीवी हौँ भन्नू मन लाग्छ फेरि कसलाई भन्नू सबै त दुना सोझाउनेमा छन् मेरो यो बिनाबिथाको कुरा कसले सोच्छ होला र ? जे होस् भरपर्दो बुद्धिजीवी नभएर होला हामी कहिले कसको भरमा छौँ कहिले कसको… तर जहिले पनि छौँ जताबाट पनि छौँ लास्टमा कसाईंको हातमा छौँ…. दन हाम्रो बुद्धिजीवी छ न हाम्रो नेता नै छ जे छ उताबाट चल्ने रिमोट कन्ट्रोलवला गाडी मात्रै छ जसको संचालन कहिले कलकत्ताबाट हुन्छ कहिले दिल्लीबाट… ।

बुद्धिजीवीको अकाल लागेको बेला यसो दाम मिलाएर बुद्धिजीवी भईदिउँ कि जस्तो पो लाग्छ… दुनियाँले खाँदा हुन्छ म नाथुले खाँदा कसको के जान्छ र ? खानु पाए त सबै चुपचाप केलामा छाप त हुँदोरहेछ ।

दार्जिलिङको रोडमा पाउने केजीको बिस्कुट महँगो होला तर हाम्रो बुद्धिजीवीहरू धेरै सस्तो भएर होला जो पनि आउँछ किनेर जान्छ… कहिले उधम किन्छ कहिले चियाका युनियन नेता किन्छ… कहिले टिस्टा किन्छ कहिले बारी किन्छ । आजकल खडेरी परेको बेला खै मैले बुद्धिजीवी नभेटेको हो कि ? कतै इस्कुसको भाउमा भेटे मलाई पनि चिनाउनु है सस्तो मस्तोमा किन्नु मन छ ।

०००
मिलन मोड, सिलगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x