साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्कार

झगडा तगडा बन्दै जाँदा बिजुली खराब त खानेपानी खराब, बिजुलीले मान्छे मार्ने र खानेपानीले रोग सार्ने सबै गालीगलौज भए ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

अलिअलि परेको प्वालबाट चुहिएको पानी तलतिर बग्थ्यो । बाँधको धाक नमानी पानी चुहानी हुने दुई खोलाको कहानी थियो । माथि फुट तर तल एकजुट हुने खोलाको नियति हुन्छ ।

दोभानमा परिचयको दोधार रहँदैन । एउटा पानीले प्रश्न गर्यो – तिमी कस्तो छ्यौ ?

उत्तर आयो – म बिजुलीको बाँधबाट चुहिएर आएकी छु । अनि तिमी ?

उस्तै जबाफ फर्क्याे – खानेपानीको बाँधको गर्भबाट तुहिएर आएकी छु ।

बिजुलीरानीले खानेपानीलाई ईर्ष्या गरी – तिम्रो सन्तान खानेपानीले सहरमा हाहाकार मच्चाउँछ । कति फोहोर बनाउँछ सहरलाई ? मेरो सन्तान तारमा झुन्डिएर तिमी गन्हाएको सहनुपर्छ ।

खानेपानीले जबाफ फर्काई – तिमी गन्हाउने भन्छ्यौ तर जब साँझ पर्छ तब तिम्रो सन्तानले नालीतिर हेर्दै पोलपोलबाट आँखा झिम्काउँछ । कहिलेकाहीँ त सडकका मनुवालाई पनि लाजै लाग्ने गरी आँखा झिम्काउँछ । दिउँसो गन्हाउने भन्ने अनि राति आँखा झिम्काउने तर तिमी भने आरोप लगाउने ?

बिजुलीरानी – लाइन आउँदा पोलको बत्ती बल्ने र जाँदा कन्ने भइहाल्छ नि तर तिमी त्यसलाई तिम्रो प्यारो नाली नानीलाई आँखा झिम्क्याएर पोइल लान खोजेको होइन । तेसै पोलको खुट्टा समाएर नालीले सेवा गरेकै हुन्छ ।

सँगसँगै बहँदै अगाडि बढ्दै बात मार्दै, तर्कमै लात पार्दै दुवै पानी तलतिर सर्दै थिए, अलि अलि झर्दै थिए । झगडा तगडा बन्दै जाँदा बिजुली खराब त खानेपानी खराब, बिजुलीले मान्छे मार्ने र खानेपानीले रोग सार्ने सबै गालीगलौज भए ।

बिचरा केही ढुंगा झगडा छोडाउँदा छोडाउँदै किनारा लाग्थे । विस्तारै एउटा अर्को खोलासित भेट भयो ।

बिजुलीरानी र खानेपानी एक अर्कासित ठुस्किइसकेका थिए । अर्को खोलाको पानीमा विलय हुने बेलासम्म दुवै यस कुरामा सन्तोष गर्दै थिए – उसको अस्तित्व खत्तम भयो ।

०००
वसन्त पञ्चमी, २ फागुन २०८०
मित्रनगर, गरुडा ४, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x