सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

संस्कार

झगडा तगडा बन्दै जाँदा बिजुली खराब त खानेपानी खराब, बिजुलीले मान्छे मार्ने र खानेपानीले रोग सार्ने सबै गालीगलौज भए ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

अलिअलि परेको प्वालबाट चुहिएको पानी तलतिर बग्थ्यो । बाँधको धाक नमानी पानी चुहानी हुने दुई खोलाको कहानी थियो । माथि फुट तर तल एकजुट हुने खोलाको नियति हुन्छ ।

दोभानमा परिचयको दोधार रहँदैन । एउटा पानीले प्रश्न गर्यो – तिमी कस्तो छ्यौ ?

उत्तर आयो – म बिजुलीको बाँधबाट चुहिएर आएकी छु । अनि तिमी ?

उस्तै जबाफ फर्क्याे – खानेपानीको बाँधको गर्भबाट तुहिएर आएकी छु ।

बिजुलीरानीले खानेपानीलाई ईर्ष्या गरी – तिम्रो सन्तान खानेपानीले सहरमा हाहाकार मच्चाउँछ । कति फोहोर बनाउँछ सहरलाई ? मेरो सन्तान तारमा झुन्डिएर तिमी गन्हाएको सहनुपर्छ ।

खानेपानीले जबाफ फर्काई – तिमी गन्हाउने भन्छ्यौ तर जब साँझ पर्छ तब तिम्रो सन्तानले नालीतिर हेर्दै पोलपोलबाट आँखा झिम्काउँछ । कहिलेकाहीँ त सडकका मनुवालाई पनि लाजै लाग्ने गरी आँखा झिम्काउँछ । दिउँसो गन्हाउने भन्ने अनि राति आँखा झिम्काउने तर तिमी भने आरोप लगाउने ?

बिजुलीरानी – लाइन आउँदा पोलको बत्ती बल्ने र जाँदा कन्ने भइहाल्छ नि तर तिमी त्यसलाई तिम्रो प्यारो नाली नानीलाई आँखा झिम्क्याएर पोइल लान खोजेको होइन । तेसै पोलको खुट्टा समाएर नालीले सेवा गरेकै हुन्छ ।

सँगसँगै बहँदै अगाडि बढ्दै बात मार्दै, तर्कमै लात पार्दै दुवै पानी तलतिर सर्दै थिए, अलि अलि झर्दै थिए । झगडा तगडा बन्दै जाँदा बिजुली खराब त खानेपानी खराब, बिजुलीले मान्छे मार्ने र खानेपानीले रोग सार्ने सबै गालीगलौज भए ।

बिचरा केही ढुंगा झगडा छोडाउँदा छोडाउँदै किनारा लाग्थे । विस्तारै एउटा अर्को खोलासित भेट भयो ।

बिजुलीरानी र खानेपानी एक अर्कासित ठुस्किइसकेका थिए । अर्को खोलाको पानीमा विलय हुने बेलासम्म दुवै यस कुरामा सन्तोष गर्दै थिए – उसको अस्तित्व खत्तम भयो ।

०००
वसन्त पञ्चमी, २ फागुन २०८०
मित्रनगर, गरुडा ४, रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
अशुभ काम ना

अशुभ काम ना

सञ्जय साह मित्र
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा