साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुट त्याग तिमी

नेता गर्छ भ्रष्टाचार बचाउ दासले गर्छ कालोलाई सेतो भन्दा ताली टरर पार्छ राख्छ पाउने आशा शुन्य लाग्छ हात तै पनि चाकरी र सेवामा फाल्छ जात ।

Nepal Telecom ad

शिवहरि पोखरेल :

दास युग थियो मान्छे खरिद विक्री हुन्थे
काम धेरै भोजन थोरै सधैँ सधैँ रुन्थे
जति काम जे गरेनि साहु खुशी छैन
कर्म मेरो कस्तो खोटो पेट भर्न पाइनँ ।

न त भोक न त प्यास न त निन्द्रा मेरो
एक जनाले ढाक्नु छ कामको सेरोफेरो
काम गर्दा उङ लाग्छ निन्द्रा मेरो छैन
कुन्नि कहिले आउने होला यो जुनीमा चैन !

कहिलेकाहीँ सुन्थे दास दाम्लाले बाँध्ने
अब युग फेरिएछ खोक्रो विचारले बाँध्ने
दासको अब बदलियो हेर परिभाषा
बिना ज्याला पाइन्छ लेखेपढेको खासा ।

उर्दिको भरमा पुग्छ जहाँ सभाजुलुस गर्न
सधै आश सधै त्रास पाइन्न कि गोजी भर्न
कहिलेकाहीँ भेट्छ केही मासु भट्टी चर्न
यत्तिकैमा हुन्छ तयार जता जहाँ जेजे गर्न ।

आधुनिक दासको नाम हेर कार्यकर्ता
मालिकको सेवा गर्न बन्छ सधैँ हर्ताकर्ता
कोहीकोही पाउन सक्छ बिचौलिया बन्न
त्यसको लागि गर्नु पर्छ नेता चाकरी टन्न ।

नेता गर्छ भ्रष्टाचार बचाउ दासले गर्छ
कालोलाई सेतो भन्दा ताली टरर पार्छ
राख्छ पाउने आशा शुन्य लाग्छ हात
तै पनि चाकरी र सेवामा फाल्छ जात ।

विवेक राख्छ बन्धकीमा भ्रष्टको हातमा
भजन गाउँछ नेताकै छैन केही साथमा
कर्म र बुद्धि फिरोस् होसमा आउ तिमी
कालोलाई कालै भन झुट त्याग तिमी ।

०००
काठमाडौं, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रष्ट चाल

भ्रष्ट चाल

शिवहरि पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x