साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्ट चाल

जनता र देशलाई दियौ तिम्ले अति धेरै धोका समय छ बलवान बन्छौ छिट्टै पानी फोका सहदैन जनता अब अत्याचार धेरै भयो तिम्रो भर पर्दापर्दै समय आज धेरै गयो ।

Nepal Telecom ad

शिवहरि पोखरेल :

लेख्नु पर्छ लेख्दै गरौ भ्रष्टहरूको भ्रष्ट चाल
पर्दाफास गर्नै पर्छ बन्नु पर्छ तिनको काल
जता हेर्‍यो त्यतै भ्रस्ट कस्तो भयो लौन देश
कति मीठा कुरा गर्थ्यौ रेछ तिम्रो यस्तो भेष ।

भुलायौ नि जन्ता धेरै काचुली नै फेर्छौ भनी
नातागोता आफन्तको फेर्‍यौ सबै एकएक गनी
कथा तिम्रा धेरै थिए खायौ धेरै जेलनेल
कालान्तरमा देखियो नि कत्ति गर्दोरेछौ झेल ।

फुर्काएर कार्यकर्ता आफ्नो वशमा पारी हाल्यौ
आधुनिक दास झैँ तिम्ले तिनलाई बनाइहाल्यौ
बलिया छौ अहिले तिमी मोटा दासले घेरियाछौ
सारङ्गी झैँ तिम्रो पेट थ्यो अहिले कत्ति फेरियाछौ ।

जनता र देशलाई दियौ तिम्ले अति धेरै धोका
समय छ बलवान बन्छौ छिट्टै पानी फोका
सहदैन जनता अब अत्याचार धेरै भयो
तिम्रो भर पर्दापर्दै समय आज धेरै गयो ।

०००
काठमाडौं, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झुट त्याग तिमी

झुट त्याग तिमी

शिवहरि पाेखरेल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x