साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोटी

छरपस्ट भएका भावनाका व्यापारहरू फस्टाउनुमा ब्रेडकै समस्या र त्यहीसँगै जोडिएका बेरोजगारी समस्या, चेतनाको कमी, राज्यको आवश्यक पहल, नियन्त्रण र रोजगारी सृजनामा छलफल नहुनुनै प्रमुख कारण हुन् जस्तो लाग्छ ।

Nepal Telecom ad

कुमार खड्का :

“अन्धविश्वास लुकामारी खेल्ने थलो जताततै
यो युगका सभ्य मान्छे, मानसिकता एथावतै
माखो मार्न नसकेर समाज भयो लथालिङ्ग
बन्द दृष्टि समर्थन छ, मध्ययुगीन वृत्ति जस्तै ।“

मार्क्सले भने कि शरीर गतिशील हुन भरपेट रोटी चाहिन्छ अर्थात् समग्रमा खानेकुरा, रसदपानी जस्तो आधारभुत आवश्यकता पूर्ति हुनुपर्छ । कालान्तरमा धेरै विद्वानहरु, दोश्रो इन्टरनेशनलका राजनीतिक दार्शनिक, रजनिस लगायत बिपि कोइराला समेतले भनेका छन् कि.. “शरीर ब्रेडले हैन ब्रेनले चल्छ ।”

कुरो ठिकै पनि हो, तर एकपक्षीय रूपमा । पुगिसरी आउनेले, खानु भनेको केही हैन, कुकुरले पनि ज्यान पालेकै छ, चराचुरुङ्गीले नि जीवन धानेकै छन्, भन्छन् नि, तर त्यही ज्यान पाल्ने कुरा अर्को निम्छरा वर्गको प्रमुख र संवेदनशील कुरा हुन्छ ।

दिमाग चल्नको लागि न्यूनतम दानापानी र न्यूनतम आवश्यक कुराहरू त चाहियो, अनि पो शरीर चल्छ । भोको मान्छे र अघाएको मान्छेको धारणामै फरक आउने हुँदा चेतनाको विकास र त्यो सँगैको सोचमा समेत फरक पर्दोरहेछ ।
एउटा यथार्थ प्रसङ्गको निष्कर्ष याद आउँछ..
जो सम्पन्न छ, उस्को कुरा ठुलै हुन्छ, जो आधारभूत आवश्यकता आपूर्तिविहीन र पीडित छ, ऊ मानसिक रोगी हुन्छ । भुत प्रेत, नाग लाग्ने, गानोगोला हुने, उसैलाई हुन्छ, उसकै घरमा दिनहुँजसो कलह, अशान्ति हुन्छ, धामीझाँक्री, हेराउने, फुक्ने, मन्छिने, साइत हेर्ने, कैयौँ कुराहरू बार्ने तिनतिर, चारतिर पुजा गर्ने, चामल हेराउने, छुमन्तरको विश्वास उसैलाइ बढी हुन्छ, अर्थात् रुढीबाढी सोचमा उनै हुन्छन् । सम्पन्नताको लागि चिट्ठा पर्ने सपना, कल्पना समेत उसैलाइ हुन्छ । यी सबै भौतिक दरिद्रताले जन्माएको मानसिक उपज हो नि । आज त्यहि दरिद्रताको कारणले होला सायद छुमन्तरेहरु बजारमा अड्डा जमाएका छन्, काली, नाग, नाङ्गे बाबा बनेर अनि अनेक खाले बहुरुपिया माता बनेर दरिद्र मानसिकता भुटिरहेका छन्, निम्छरो दिमाग लहलहैमा लागेका छन्, राज्य आँखा चिम्लेर बसेको जस्तो देखिन्छ । भ्रम र छलको नाटकलाई समाजले अवाक भएर निर्वाध स्विकार गरिरहेको छ । ढाँट र छल, कुनियत र भ्रष्टाचारको खेलो गर्नेहरूलाई कुसंस्कारहरुको साथले बलियो बनाउँदो रैछ कि क्या हो ?

एकाथरी धूर्त स्यालहरू छन्, अर्काथरी विवेकशून्य गोरुहरू, एकातर्फ मदारीहरू छन्, अर्काथरी भालु भएर नाचिरहेका छन्, एकाथरी वनमारा, घरभाँडाहरू छन्, अर्काथरी उनैका दास जस्ता छन् । वास्तविक पीडित जनताहरू टुटुलुटुलु हेर्दै, घुटुक्क थुक निल्दै आश, त्रास, सङ्कोच, लाज र डरले अवाकभै हेर्दै आफ्नो जिजिविषामा लागेका छन् । विडम्बना !

नक्कली प्रमाणपत्रधारी डाक्टर, इन्जिनियर, प्रशासक, सुरक्षा निकायका पदाधिकारीहरू, न्यायिक निकाय, शैक्षिक निकाय लगायत सर्वत्र कहीँ अछुतो देखिन्न, कहीँ धेर, कहीँ थोर होला, आआफ्नो ठाउँमा । बिना स्वीकृत, बिना लाइसेन्स, अनाधिकृत रुपमा नक्कली कारोबार गरेर जनता, समाज ठग्ने संस्थागत या व्यक्तिगत धूर्तहरू गल्लीगल्लीमा छरपस्ट देखिन्छन् । अनि लौह पुरुष गणेशमानले भने झैँ “जो जो भ्रष्ट, उनै सर्वश्रेष्ठ” भएका छन् ।

एकाथरीले संवेदना र भावनाका व्यापार गरेका छन्, अर्काथरीले सोझै किर्ते, ठगी गर्दै जनताका स्वास्थ्य, सुरक्षा लगायत सहज जिउने अधिकारमाथि कुठाराघात गरेका छन् । नक्कली औषधि, उपभोग्य सामान लगायत अझैँ नक्कली मुद्राको अपचलन र कारोबार गर्नेहरू, झनै भन्सार र राज्य ढुकुटीमै हातमार्नेहरुको कुरा गरेर साध्य नै छैन ।

राजनीतिक र राजकीय पदमा रहेर अख्तियार दुरुपयोग गर्नेहरू, बाहिर रहेर संस्थागत या व्यक्तिगत लुट, ठगी गर्नेहरू, एकाथरीले बाध्यताका व्यापार गरेका छन्, अर्काथरीले खराब नियतले, एकाथरीले हातमुख जोर्ने समस्याले, अर्काथरीले यश, ऐश्वर्य, मान, प्रतिष्ठा, वैभव प्राप्तिको महत्वाकांक्षाले प्रतिस्पर्धात्मक कुकर्म गर्दै आएका देखिन्छन् । बेतुकका रुढीवादी कर्म पनि एउटा भ्रष्टाचारनै हो, अर्थात् भ्रष्टाचार कुनै अर्थमा राम्रो हैन, तर त्यसको सामाजिक प्रभावको लेखाजोखा गर्दा प्रभावको मात्रा, असर कति ? भन्ने कुरा मात्र हुन आउँछ ।

समग्रमा, छरपस्ट भएका भावनाका व्यापारहरू फस्टाउनुमा ब्रेडकै समस्या र त्यहीसँगै जोडिएका बेरोजगारी समस्या, चेतनाको कमी, राज्यको आवश्यक पहल, नियन्त्रण र रोजगारी सृजनामा छलफल नहुनुनै प्रमुख कारण हुन् जस्तो लाग्छ । सृजित समस्या समाधान गर्न राज्य नियन्त्रित सुशासन, भ्रष्टाचार नियन्त्रण, पूर्वाधार विकास गर्दै बेरोजगारी समस्या समाधाननै हो ।

तर अहिलेसम्मको अवस्था, राजनीतिक तप्का, शासक, प्रशासक, बुद्धिजीवी, पत्रकार लगायत जनताको औसत ल्याकत हेर्दा अनि कुरो उहि हुन्छ, उस्तै हुन्छ । सवाल उठ्दै गर्छन्, जवाफ आउँदै गर्लान्, चिन्तनमनन हुँदै गर्लान्, तर आ आफ्नो रोटिको मेसो मिलाउन तावा तताउनै पर्‍यो, आशाको त्यान्द्रो मिसन ८४ छँदै छ नि, हैन र ??
भन्न मन लाग्छ..
“निहुँ जीवन जिउने वृत्ति, ठगिखाने नियत धेरै
किर्ते, जालसाजी गर्दै डुबाउने बदनियत धेरै
चेतनाले प्रभाव घट्ला रुढीबादी सोचको बरु
धमिराभै समाज डस्ने भ्रष्टकै कबुलियत धेरै ।”

०००
कागेश्वरी मनाेहरा २, आलापाेट , काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x