बिनुबाबा घिमिरेबेनियमै प्यारो
काग कराउँदै गर्छ,पीना पनि सुक्दै गर्छ ठुलाहरू ठडीरहूँ सानो मान्छे झुक्दै गर्छ ।
बिनुबाबा घिमिरे :
जतासुकै फैलिएछन् बरालिने परीहरू
यताउता गर्दा रैछन् मुसा मार्ने छडीहरू ।
आकाशमा उडीजान सबैलाइ गाह्रो भयो
त्यसैले त हिजोआज बेनियमै प्यारो भयो ।
बेनियम बुझ्न पनि नियम नै चाहिने रैछ
बेसहारा बन्न पनि सहारा नै चाहिने रेछ ।
दिमागले धेरै कुरा बुझ्न अझै बाँकी रह्यो
त्यसैले त हिजोआज बेनियमै प्यारो भयो ।
काग कराउँदै गर्छ,पीना पनि सुक्दै गर्छ
ठुलाहरू ठडीरहूँ सानो मान्छे झुक्दै गर्छ ।
बिना अर्थ समाजमा बाँच्न धेरै गाह्रो भयो
त्यसैले त हिजोआज बेनियम नै प्यारो भयो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































