साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलो हुने रहर

राजनीतिमा पनि कोही भन्छन् चारतारे हूँ ठूला, कोही भन्छन् हँसिया हथौडा ठूला कोही भन्छन् हलो, गार्ड र अन्य पहिचानवाला ठूला, भाँडभैलो मच्चाएका छन् तिग्रा ठटाएका छन् । देशलाई रसातलमा पुर्‍याएका छन् ।

Nepal Telecom ad

डम्बर घिमिरे :

चन्द्रकान्ताले आफ्नु श्रीमान् चन्द्रमानलाई सोधिन ए हजुर ।
ठूला कोको हुन ठूला कसरी हुन्छन् ठूला हुनेहरू ।
चन्द्रमान : ठूलो हुने तरिका धेरै छन् प्रिय सानू तिरतिरे खोल्सोभन्दा कुलो ठूलो, कुलोभन्दा पैनी ठूलो, बैनीभन्दा नहर ठूलो, नहरभन्दा खोलो ठूलो, खोलोभन्दा नदी ठूलो, नदीभन्दा समुद्र ठूलो, पानीका आधारमा ।

मान मर्यादाका आधारमा भन्ने हो भने नेपालमा बागमती ठूलो, भारतमा गङ्गा ठूलो धार्मिक दृष्टिकोणले पानी (जल) मा आस्थाको आधारमा ढुङ्गाबाट वा सिमन्टीबाट निमाण गरिएका मूर्ति ठूलो, मठ मन्दिरमा चर्चचैत्य, गुम्बाहरूमा बाटा चौबाटाका चोकमा उभिएका शालिकहरूमा । आस्थाकै आधारमा झारमा तुलसी, घाँसमा कुश, वृक्षमा पीपल, काठमा श्रीखण्ड ठूलो हुन्छ । राष्ट्रमा आफ्नै देश ठूलो तर जनतामा मात्र नेतामा हैन । आफ्नु राज्यमा पनि बस्ती भन्दा वार्ड गाउँ, नगरपालिका, जिल्ला, अब्बल र केन्द्र हुन्छ क्रमैसिल ठूलो । त्यस्तै जिल्ला र राज्यको राजधानी ठूलो हुन्छ ।

बलमा – मुड्की भन्दा डण्डा ठूलो, त्यो भन्दा खुकुरी ठूलो, खुकुरीभन्दा बम, बारुद र बन्दुक ठूलो हुन्छ तर तिनीहरूमा पनि साना ठूलाका धेरै नाम छन् शक्ति, तागत र आकार प्रकारका आधारमा, व्यापकताका आधारमा जालझेल सस्वजस्व धन र बुद्धिका आधारमा राज्यहरु ठूला हुन्छन् । त्यसरी हेर्दा विश्वमा अमेरिका ठूलो हुन्छ, डलर र शस्त्रजस्वको हिसाबले ।

चन्कान्ता : हैन हजुर मैले त मान्छेहरुमा पो भनेकी त।

चन्द्रमान लौ चन्द्रकान्ता मान्छेहरूमा त साढे गाढाे छ ठूलो सानु पर्गेल्न, तै पनि म बलले प्रयास गर्ने छु । तर तिमी भन, पुरानू परम्पराअनुसार, पौराणिक मान्यताअनुसार सनातन आदर्शअनुसार सोधनी गरेकी हौ कि, उत्तरआधुनिक अनुसार सोधेकी ।

चन्द्रकान्ता : पुरानु र नयाँ, उत्तर आधुनिक र दक्षिण आधुनिक म जान्दिन जसरी हुन्छ ठूलाको अर्थ मलाई भनिदिनुहोस् घैटामा घामलाग्ने गरी ।

चन्द्रमान : लौसुन त जानेसम्म भनिदिन्छु, पौराणिक नियम र धर्मशास्त्रअनुसार मन्त्रदान दिने र पढाउने गुरु ठूला, माता पिता ठूला, पत्नीका लागि पति र सासु ससुरा ठूला हुन्छन् र सबै जनमानसका लागि जेठा बाठा अग्रज बुद्ध आदि ठूला हुन्छन् पुगौयुगदेखिको पुरानू मान्यताअनुसार ।

आधुनिक मान्यतामा भन्यौ भने चौपट्छ यो दुनियाँमा जसका तिघ्रा बलिया छन् जसका मुड्की बज्र समान छन्, तिनै ठूला भन्नुपर्छ । यहाँ तिघ्रोको अर्थ पुड्के तिघ्रे गुइँठे तिघ्रो, अरिमठे तिघ्रो लामू तिघ्रो, छोटो तिघ्रो, मुसतिघ्रो सल्सलाउँदो तिघ्रोको कुरा गरेको हैन, या मुड्की पाखुराको अर्थ शक्ति, तागत र बल भन्ने बुझ्नु पर्छ, अब पुग यस्तो आएको छ ज्ञान बुद्धिका खानी राजर्षि जनकको कुरा छोडौं, दरबार छोडी तपस्या गर्ने बुद्धको कुरा नगरौँ दान दिने दधिचि, बलि र कणर्को प्रसङ्गै ननिकालौँ, आधुनिक जमानाका ठूला उत्तर आधुनिक पाराका छन् ।

उत्तर आधुनिकका ठूला जनताभन्दा नेता ठूला, सांसद, मन्त्री प्रधानमन्त्री ठूला गरिबभन्दा धनी ठूला, शिष्टभन्दा अशिष्ट ठूला, सोझाभन्दा धूर्त ठूला, भद्र भन्दा जाली ठूला, सज्जनभन्दा षड्यन्त्रकारी ठूला, गाउँले भन्दा शहरिया ठूला, मोफसलका भन्दा राजधानीका ठूला आजभोलि सुकर्मले भन्दा कुकर्मले, सत्धर्मले, भन्दा अधर्मले ठूलो हुन्छन् मान्छेहरू गुरुभन्दा शिष्य ठूलो, बाबुभन्दा छोरो ठूलो । सासु भन्दा बुहारी ठूली, साँच्चोभन्दा झुटो ठूलो दहीभन्दा जाँड ठूलो जलभन्दा रक्सी ठूलो, पशुपतिभन्दा काशी विश्वनाच ठूलो, बागमती भन्दा गङ्गाजी ठूलो, स्वराष्ट्रभन्दा परराष्ट्र ठूलो परराष्ट्रमा पनि अमेरिका ठूलो, आफ्नै धर्मभन्दा परधर्म ठूलो स्वभाषाभन्दा परभाषा ठूलो, झ्याउरेभन्दा ऱ्याप ठूलो, लोकगीतभन्दा पपगीत ठूलो, होचो भन्दा अग्लो ठूलो, सद्धभन्दा पगलो ठूलो, टोपीभन्दा जुल्फी ठूलो, चिसोपाना भन्दा कुल्फो ठुलो हुन्छ ।

आमाभन्दा सासू ठूली, बहिनीभन्दा साली ठूली, भाइभन्दा सालो ठूलो, धनमा सत्कर्मको भन्दा कालो ठूलो, झोपडी भन्दा टाँड ठूलो, सज्जनभन्दा भाँड ठूलो, भैँसीमा चाउरी भन्दा लाउरी ठूलो, झिङ्गोभन्दा माउरी ठूलो, कोदालो भन्दा फ्याउरी ठूलो, महिलामा असलभन्दा फ्याउरी ठूलो, आजभोलि ठूलो हुन कुनै सत्कर्म सुकार्य महान कार्य गर्नु पर्दैन जसले भताभु लथालिङ्ग चौपट मचाउने काम गर्छ त्यही ठूलो हुन्छ । हिजोसँगै बाख्रा वस्तु हेरेको, गोठ बसेको, घाँस काटेको सेउला काट्न गएको, मल बोकेको, पौडी खेलेको, लोकगीत गाएको, सँगै स्कुल गएको सहपाठी साथी, सँगसँगै दौराको फेरमा भुटेका मकै इष्टकोटको गोजीमा भुटेका साईली भटमास हालेर खाएको सँगै नाचेको खेलेको साथी सँगै ऐसेलु टिपी खाएको मित्र एउटा राजधानी पुग्यो, अकर्को गाउँमै बसोभने राजधानीवाला आफूलाई परब्रहम परमेश्वर ठान्छ ।

सगरमाथाभन्दा अग्लो आफैलाई मान्छ महाराज महामहिम मै हूँ भन्छ । गाउँलेबाट केही सानुतिनू कमजोरी महसुस गरोभने सत्तोसराप गर्छ । दसनाम राखेर मानमर्दन गर्छ साथित्वलाई टुटाइदिन्छ मित्रतालाई भुटाइदिन्छ । आजभोलिका ठूला त्यस्तै हुन्छन् चन्द्रकान्ता, अझै भन्छ्यौ भने महिलाहरूको टाँसिएको पोशाक ठूलो, पुरुषहरूको ह्रासिएको चरित्र ठूलो, चेलो गति बिग्रिएको ठूलो, गुरु मति बिग्रिएको ठूलो, हाकिम पक्षपाती ठूलो कर्मचारी भ्रष्टाचारी ठूली, बाहमचारी व्यभिचारी ठूलो, साधुसन्तमा ठग ठूलो, महन्तमा डोगी ठूलो, शङकराचार्यमा हत्यारा ठूलो, आन्दोलनमा देश विध्वंशसकारी पत्यारा ठूलो, मजदुरभन्दा मालिक ठूलो, ज्यूँदोभन्दा मालिक ठूलो ।

जन्माएका सन्तान छोडी श्रीमान्सँगको मायाजाल जोडी अर्कासित जाने महिला ठूलो, मनलाई प्याकप्याक मुख बाइरहेका बाबुआमा वंश छोडी अन्यतिर परदेश लाग्ने छोरा बुहारी सन्तान ठूलो नबोलेभन्दा पनि नहुने नलेख भन्दा पनि नहुने तीतो सत्य यही ठूलो चन्द्रकान्त उनीका लागि साड ठूलो, गरिबका लागि माड ठूलो हुन्छ । अल्पसमयका लागि भन्छ्यौ भने घर नहर पाटी पौवा निर्माणको बखत बाली नबली लाउने भित्र्याउने बखत मजदुर ठूला, निर्वाचनको समय मतदान नगरुन्जेल जनता सता, किनभने त्यतिखेर भ्रष्टाचारी व्याभिचारी दुराचारी अत्याचारी विध्वंसकारी अररे जुडे घमण्डी, दम्भी अहंकारी अभिमानी निर्लज्ज नेता पनि नौनी घिउ जस्तो नरम बिर्सिएर बेसरम बेतजस्तो लुलो भएर नढोग्ने ठाउँमा पनि होग्न थाल्छ ।

स्वार्थसिद्ध नहुन्जेल, रामदेवले सिकाएको व्यायाम जस्तो प्लास्टिकजस्तो लुलो भएर अनेकपल्ट नुहिरहन्छ लम्पसार परी रहन्छ जनता भोटरका सामू कुनै समय यस्तो पनि आउँछ थोरै समय त्यतिखेर परिचर ठूलो, पिए ठूलो परीक्षाका बेला सामान्य शिक्षक ठूलो, मन्त्रीभन्दा हाकिमभन्दा अङ्ग्रेजी, विज्ञान र गणितका विशेषज्ञभन्दा निमित्त प्रअ, स.प्रअ मुख्य प्र.अ. भन्दा मौका, सिजन र समयअनुसारका यी ठूला अब साहित्य संस्कृति र कला फाँटमा लागौ । कोही भन्छन् प्रगतिशील लेखक संघ ठूलो, कोही भन्छन् अन्य ठूलो, आ-आफ्नु विचारकाले आफ्नै पक्षको साहित्यकार ठूलो, आफ्नै पक्षको साहित्य ठूलो भन्छन् अनेक आदर्श छाटेर आफ्नै पक्षका आफ्नै विचारका आफ्नै सेवक आफ्नै चाकडी र चाप्लुसीबाजलाई माका अवसर चानस दिन्छन् प्रोत्साहन गर्छन् को ठूला को ठूला यो फाँटमा पनि बिल्लीबाठ छ । गाउँका भन्दा शहरका ठूला, शहरका भन्दा राजधानीका ठूला हूँ भन्छन् ।

राजनीतिमा पनि कोही भन्छन् चारतारे हूँ ठूला, कोही भन्छन् हँसिया हथौडा ठूला कोही भन्छन् हलो, गार्ड र अन्य पहिचानवाला ठूला, भाँडभैलो मच्चाएका छन् तिग्रा ठटाएका छन् । देशलाई रसातलमा पुर्‍याएका छन् । अब अन्तिममा तिमीलाई नै छोडिदिए राजनीति पार्टीहरुमा कुन ठूला साहित्य संस्कृत कला फाँटमा, भाषा, पोशाक सभ्यतामा छोरा छोरी श्रीमान घरघर छोडी अन्त जाने श्रीमतीहरूमा, धेरै श्रीमती ल्याई एउटीलाई र उसका पछिका सन्ततिलाई सुखै स्वर्ग दिलाउने अरु श्रीमती र सन्तानलाई हदैसम्मको दृष्टत्व दर्शाउने श्रीमान्लाई, नियम कानुन र सर्तमा चल्नेलाई, सनातन धर्म संस्कृति पूर्वजका कुलाचार देशाचारलाई छोड्नेलाई, जालझेल ढाँट ठग कपट गर्नेलाई, अझै भन्छु लौ भन तिमी, भ्रष्टाचार गर्ने मन्त्री, पक्षपात गर्ने कर्मचारी विध्वश मचाउने पार्टी ’व्यभिचार गर्ने र विकृत पोशाक लगाउने युवायुवती, ढोंगी, ठग योगी, साधुसन्त सन्यासी, दुराचारी ब्रह्मचारी, मति बिग्रेका शिष्य, गति बिग्रेका गुरु, भेदभाव गर्ने साहित्य संस्कृति कला फाँटका संघ संस्थाका अध्यक्ष, नष्टकारी नेता, अहङ्कारी नागरिक प्रमुख, भयङ्कारी मानवअधिकार नायिके, मूर्ख सन्ततिलाई ठूलो ठान्छ्यौ कि ?

सोझो काम व्यवहार गरी हिँड्ने जनतालाई मान्छ्यौ वा भव्य पोशाकको आधारमा छन् दौलत, महल शहर राजधानीकालाई पो महान् सम्झन्छौ कि तिम्रै खुसी छोडिदिएँ । चन्द्रकान्त लौ हजुर मैले कुरो बुझे मत सोझो गरी हिँड्ने प्रिय, आदरणीय, समादरणीय, पूजनीय श्रद्धेय, जसको पाखुरी नै धन छ, जसको कृषिमै बल छ ती महान् दुनियाँ पालनकर्ता राष्ट्रका हर्ताभर्ता देशका निर्माणकर्ता जनतालाई नै मान्छु । लौ अब रात पनि धेरै गयो, भोक पनि लाग्यो निद्रा पनि लाग्यो खाना खाउँ अनि सुती चन्द्रमानले पनि हुन्छ भन्यो र बार्तास्थलबाट दुवै जना उठे ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x