सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्यारो शिष्यलाई गुरुको अर्ती

तिम्री श्रीमती अहिले माइत गएकी रहिछन् अनि तिम्रो बानी बिग्रिएर त्यस्तो भएको रहेछ । तर तिमीलाई मात्र त्यस्तो भएको हैन, तिम्री श्रीमतीलाई पनि त्यस्तै भएको रहेछ ।

Nepal Telecom ad

डम्बर घिमिरे :

अमला तेलको चिल्लो कपालमा घसेको, जुँगाको रेखी ओठमाथि बसेको एउटा अल्लारे केटो जवानी भरिएको ठिटो निकै परदेखि आएको देखिन्छ । लर्खराएर धर्खराएर हिँडेको भान हुन्छ । एकै क्षणमा घरमा आइपुग्छ र गुरुलाई प्रणाम गरी हात जोडेर भन्छ- “हे गुरुदेव मैले नखाएको अथवा भात मजले नरुचेको धेरै दिन भयो । राती निद पनि लाग्दैन, दिनमा भोकतिर्खा पनि छैन । ‘मनमा चयन पनि छैन’ झलमल्ल घाम लागेका छन् र पनि अँध्यारै देख्छु कहीँ कतै देखेको पनि छैन, कुनै त्यत्रो दुखद् घटना पनि छैन, घरमा प्यार ममता पनि राख्छन्, मायाँ पनि गर्छन्, घरमा कुनै कुराको कमी छैन । भकारी भरी धान छ । गाउँभरी मान छ, गोठ भरी बस्तु छन् । घरपरिवार मस्त छन् । मलाई चाहिँ के भएको होला ?

गुरु- तिमीलाई कहिलेदेखि यस्तो भएको त ?
शिष्य- त्यस्तै आठ/दश दिन भयो होला ।
गुरु- तिम्रो बिहे भएको छ कि छैन त ?
शिष्य- भयो ।
गुरु- कहिले भो ?
शिष्य- डेढ दुई महिना भयो होला ।

गुरु- म ध्यानदृष्टिले हेर्छु के भएको रहेछ । (एकछिन ध्यान गर्छन् अनि आँखा खोल्छन् र भन्छन्) तिम्रो विमार मैले सबै पत्ता लाएँ । तिम्री श्रीमती अहिले माइत गएकी रहिछन् अनि तिम्रो बानी बिग्रिएर त्यस्तो भएको रहेछ तर तिमीलाई मात्र त्यस्तो भएको हैन, तिम्री श्रीमतीलाई पनि त्यस्तै भएको रहेछ, छिट्टै घर जान पाए हुन्थ्यो भनेर छट्पट् र खटपट् गरिरहेकी रहिछन् । कोसेली बनाउँदैछन् भोलि या पर्सी आइपुग्छिन् अनि तिम्रो विमार सबै निको हुन्छ ।

शिष्य- “हुन्छ गुरु” भन्दै नमस्कार गर्छ, मुसुमुसु हाँस्तै घरतिर लाग्छ ।

०००
फित्कौली, पूर्णाङ्क १५

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’