साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनि त नैतिकता अझ भासियो

म छु यहाँ कमजोर परे जुता, छ नकली सुरुवाल हरे उता न त दिगो छ यता न उता दिगो, अब दुवैतिर मुश्किल भैगयो ॥

Nepal Telecom ad

रमेश खकुरेल :

अलिकता मनमा जब लोभ भो, अनि अनेकन तर्क वितर्क भो
छन त यो सुरुवाल छ मित्रको, तर कहाँ छ र औषधि लोभको ॥

सिउन सूत्र लिएँ अलि नक्कली, छ अनुहार भने अति सक्कली
अनि छिटै सुरुवाल सिई दिएँ, नगद चाहिँ गनेर खरै लिएँ ॥

पछि म जानु पर्‍यो उनको घर, चरणपोश लिने उनकै भर
तर यहाँ पनि लोभ छिर्‍यो जब, कमसलै कलभित्र पस्यो तब ॥

म छु यहाँ कमजोर परे जुता, छ नकली सुरुवाल हरे उता
न त दिगो छ यता न उता दिगो, अब दुवैतिर मुश्किल भैगयो ॥

म पनि झन् अझ लोभ बढाउँछु, अनि उनीसित झन् अझ दिक्क छु
हुनु थियो जुन अन्त उही भयो, अनि त नैतिकता अझ भासियो ॥

०००
कमलपोखरी, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x