साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अप्रथा

ब्राह्मणहरूलाई न्यायाधीशले सोधे ! उनीहरूले एकै स्वरमा जवाफ फर्काए । “जात के हो ? “ब्राह्मण !” गोत्र के हो !” “मार्क्सवादी !” “संस्कार के हो नि त !”

Nepal Telecom ad

डा. विदुर चालिसे :

“हटक ! हटक !!“

जात नमिलेकाहरू को ठुलो भनेर विवादमा थिए । उनीहरूको पुस्तौनी छोइछुटोले समाजमा तमासा थियो । जातभात एउटै, पानीको मूल पनि एउटै, तर यतिसम्मकी पानी पँधेरोमा एकले अर्कोलाई छोयो भने एउटै शब्दले उनीहरूले एकले अर्कोलाई गाली गरेर भन्थे ।“गद्दार आज पनि पानी छोइद्यो ।”

अर्कोको पीडा थियो । गद्दारको पगरीले हालत भएको थियो । मुखबाट उखान सहितको वाणी छुट्थ्यो ।
“दलालहरूको मालिक !”

धारे हात लगाएर धारा र पँधेरोको पानी हातमा लिएर अर्को कसम खाँदै डिलैमा बसेर उफ्रन्थ्यो ।
“समाज बदल्ने शक्ति मसँग बाहेक कसैसँग दुनियाँमा छैन ।”

“आर्थिक संकटले नुन त दिन सक्या छैन, दुनिया बदल्ने ।”

“दशैँमा पेट्रोलको भाउ को ठुलो थियो र घटायो । अर्काले काम गरेको देख्न नसक्ने असत्ती !”
“आफ्नै बंश मेटाउन समाज उफार्ने समावेशी आन्दोलन रे वा !”

यी पूर्वीय र पश्चिमा बाहुनहरूको उत्पत्ति एकै, संस्कृति एकै, जात एकै, रहनसहन एकै र संस्कार एकै भए पनि व्यवहारमा कुण्ठा र आरिसले हृदय जलिरहेको देखिन्थ्यो । तिनीहरूले एकपटक आ-आफ्नो प्रथाको वर्चश्व कायम गर्नका लागि अदालतमा मुद्दा दर्ज गरे । भ्रममा परेका यी ब्राह्मणहरूलाई न्यायाधीशले सोधे ! उनीहरूले एकै स्वरमा जवाफ फर्काए ।
“जात के हो ?
“ब्राह्मण !”
गोत्र के हो !”
“मार्क्सवादी !”
“संस्कार के हो नि त !”
उनीहरूले एकले अर्कोलाई मुखामुख गरेर हेरिरहे । जवाफ दिन सकेनन् । न्यायाधीसले निर्णय  सुनाइदिए !
“पूर्वीया र पश्चिमा ब्राह्मणको कुलमा हटक बिग्रेछ । सुधार्न आदेश दिन्छु !”

दुवैजनाले न्यायाधीशको पछाडि टाँगिएको कैलाश पर्वततिर हेरिरहे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x