सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अप्रथा

ब्राह्मणहरूलाई न्यायाधीशले सोधे ! उनीहरूले एकै स्वरमा जवाफ फर्काए । “जात के हो ? “ब्राह्मण !” गोत्र के हो !” “मार्क्सवादी !” “संस्कार के हो नि त !”

Nepal Telecom ad

डा. विदुर चालिसे :

“हटक ! हटक !!“

जात नमिलेकाहरू को ठुलो भनेर विवादमा थिए । उनीहरूको पुस्तौनी छोइछुटोले समाजमा तमासा थियो । जातभात एउटै, पानीको मूल पनि एउटै, तर यतिसम्मकी पानी पँधेरोमा एकले अर्कोलाई छोयो भने एउटै शब्दले उनीहरूले एकले अर्कोलाई गाली गरेर भन्थे ।“गद्दार आज पनि पानी छोइद्यो ।”

अर्कोको पीडा थियो । गद्दारको पगरीले हालत भएको थियो । मुखबाट उखान सहितको वाणी छुट्थ्यो ।
“दलालहरूको मालिक !”

धारे हात लगाएर धारा र पँधेरोको पानी हातमा लिएर अर्को कसम खाँदै डिलैमा बसेर उफ्रन्थ्यो ।
“समाज बदल्ने शक्ति मसँग बाहेक कसैसँग दुनियाँमा छैन ।”

“आर्थिक संकटले नुन त दिन सक्या छैन, दुनिया बदल्ने ।”

“दशैँमा पेट्रोलको भाउ को ठुलो थियो र घटायो । अर्काले काम गरेको देख्न नसक्ने असत्ती !”
“आफ्नै बंश मेटाउन समाज उफार्ने समावेशी आन्दोलन रे वा !”

यी पूर्वीय र पश्चिमा बाहुनहरूको उत्पत्ति एकै, संस्कृति एकै, जात एकै, रहनसहन एकै र संस्कार एकै भए पनि व्यवहारमा कुण्ठा र आरिसले हृदय जलिरहेको देखिन्थ्यो । तिनीहरूले एकपटक आ-आफ्नो प्रथाको वर्चश्व कायम गर्नका लागि अदालतमा मुद्दा दर्ज गरे । भ्रममा परेका यी ब्राह्मणहरूलाई न्यायाधीशले सोधे ! उनीहरूले एकै स्वरमा जवाफ फर्काए ।
“जात के हो ?
“ब्राह्मण !”
गोत्र के हो !”
“मार्क्सवादी !”
“संस्कार के हो नि त !”
उनीहरूले एकले अर्कोलाई मुखामुख गरेर हेरिरहे । जवाफ दिन सकेनन् । न्यायाधीसले निर्णय  सुनाइदिए !
“पूर्वीया र पश्चिमा ब्राह्मणको कुलमा हटक बिग्रेछ । सुधार्न आदेश दिन्छु !”

दुवैजनाले न्यायाधीशको पछाडि टाँगिएको कैलाश पर्वततिर हेरिरहे ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाती

छाती

डा. विदुर चालिसे
भूमिगत

भूमिगत

डा. विदुर चालिसे
बिजुली

बिजुली

डा. विदुर चालिसे
थाप्लो

थाप्लो

डा. विदुर चालिसे
त्याग शून्य

त्याग शून्य

डा. विदुर चालिसे
थुक दिवस

थुक दिवस

डा. विदुर चालिसे
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे