सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कस्की बुढी राम्री ?

कसैका छन् दारे घारे कसैका चेपारे कसैका छन् डल्ली, पुड्की कसैका छेपारे यी सवैका भन्दा गृहिणी त हाम्री शिक्षकै हो राम्रो पेशा हाम्रै बुढी राम्री ।

Nepal Telecom ad

मन्त्रीजीकी बुढी ढ्याङ्ग्री सचिवकी व्याङ्ग्री
सांसदकी च्याङ्ग्री च्याङ्ग्री हाकिमकी न्याङ्ग्री
ठेकेदारकी अस्याङ्ग्री छन् नेताकी गल्याङ्ग्री
यी सबैकी बुढीभन्दा हाम्रै बुढी राम्री ।

कसैका छन् दारे घारे कसैका चेपारे
कसैका छन् डल्ली, पुड्की कसैका छेपारे
यी सवैका भन्दा गृहिणी त हाम्री
शिक्षकै हो राम्रो पेशा हाम्रै बुढी राम्री ।

प्रधानमन्त्री हुन्न म त, मन्त्री पनि हुन्न
सांसद नि हुन्न हुन्न, सचिव पनि हुन्न
ठेक्केदार नेता हुन्न, म भो मेनेजर हुन्न
त्यसैले त कसैका नि स्वास्नीहरू छुन्न ।

छोटो कपाल लामो नङ लाली र पाउडर
कपोलमा, ओठभरि शहरमा घर
माल-मटोर हात नपरे आँखा तर्छन ह्याङ्ग्री
खालि हात आउँदा पनि खुसी हुन्छन् हाम्री ।

पहेँलो छ उनको छाला गोरा परे गाला
चञ्चले उनको चाला मखमली पाइताला
यस्ता रूपवतीभन्दा चाहे हउन् दाम्री
हाम्री दाम्री भाग्यमा नि हाम्रै बुढी राम्री ।

सेना पुलिसका राम्री, डाक्टरका राम्री
कलाकारका राम्री हुन्छन् लेखकका राम्री
कृषकका राम्री हुन्छन् मजदुरका राम्री
यिनी सबै राम्रीभन्दा हाम्री अझै राम्री ।

धरमपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)