साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्की बुढी राम्री ?

कसैका छन् दारे घारे कसैका चेपारे कसैका छन् डल्ली, पुड्की कसैका छेपारे यी सवैका भन्दा गृहिणी त हाम्री शिक्षकै हो राम्रो पेशा हाम्रै बुढी राम्री ।

Nepal Telecom ad

मन्त्रीजीकी बुढी ढ्याङ्ग्री सचिवकी व्याङ्ग्री
सांसदकी च्याङ्ग्री च्याङ्ग्री हाकिमकी न्याङ्ग्री
ठेकेदारकी अस्याङ्ग्री छन् नेताकी गल्याङ्ग्री
यी सबैकी बुढीभन्दा हाम्रै बुढी राम्री ।

कसैका छन् दारे घारे कसैका चेपारे
कसैका छन् डल्ली, पुड्की कसैका छेपारे
यी सवैका भन्दा गृहिणी त हाम्री
शिक्षकै हो राम्रो पेशा हाम्रै बुढी राम्री ।

प्रधानमन्त्री हुन्न म त, मन्त्री पनि हुन्न
सांसद नि हुन्न हुन्न, सचिव पनि हुन्न
ठेक्केदार नेता हुन्न, म भो मेनेजर हुन्न
त्यसैले त कसैका नि स्वास्नीहरू छुन्न ।

छोटो कपाल लामो नङ लाली र पाउडर
कपोलमा, ओठभरि शहरमा घर
माल-मटोर हात नपरे आँखा तर्छन ह्याङ्ग्री
खालि हात आउँदा पनि खुसी हुन्छन् हाम्री ।

पहेँलो छ उनको छाला गोरा परे गाला
चञ्चले उनको चाला मखमली पाइताला
यस्ता रूपवतीभन्दा चाहे हउन् दाम्री
हाम्री दाम्री भाग्यमा नि हाम्रै बुढी राम्री ।

सेना पुलिसका राम्री, डाक्टरका राम्री
कलाकारका राम्री हुन्छन् लेखकका राम्री
कृषकका राम्री हुन्छन् मजदुरका राम्री
यिनी सबै राम्रीभन्दा हाम्री अझै राम्री ।

धरमपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘क’ काे कथा

‘क’ काे कथा

डम्बर घिमिरे
को ठूलो ?

को ठूलो ?

डम्बर घिमिरे
ठूलो हुने रहर

ठूलो हुने रहर

डम्बर घिमिरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x