धीरेन्द्र प्रेमर्षियतिमात्र के भनेथेँ
सँगसँगै काँधमाथि सूर्य बोकी ल्याको हैन ! आज किन दर्छौ साथी हामीलाई पराइमा ?

लोकतन्त्र आउनुपर्छ, भनाइ हैन गराइमा
यतिमात्र के भनेथेँ, आगो बल्यो तराईमा
सँगसँगै काँधमाथि सूर्य बोकी ल्याको हैन !
आज किन दर्छौ साथी हामीलाई पराइमा
पुर्खौंदेखि मिलीजुली पाल्दै आको मितेरीको
साइनो आज जान लाग्यो कतै बसाइसराइमा
सराबरी पसिनाले सिँचिएको यो माटोमा—
कैफियत गर्यौ क्यार’ तिम्ले बीउ छराइमा
शान्तिप्रिय हुँदासम्म लाटो-बुङ्गो भनी-भनी
लाग्यौ तिमी हाम्रो भाग खोँसी भूँडी भराइमा
पाँचै कोटि हातमा दिउँ काम-दाम बराबरी
होइन भने यसैगरी लाग्छन् सबै लडाइमा ।
जनकपुर
Subscribe
Login
0 Comments
Oldest







































