सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भोजन

घूस खाको होइन हजुर मात्र टेस्ट गरेको हुँ सरकारी ढुकुटीबाट कट गरी आफ्नोमा यस्सो पेस्ट गरेको हुँ चर्न जाने सधैं हरियो सधैं असार साउन चरौं साथी भए होओस् देशकै सर्वर डाउन ।

Nepal Telecom ad

घाँटी घाँटीसम्म खाई अरमट्ठिएर हिँड्दै गरेका
एक विशिष्टसँग बडो शिष्ट पारामा
सोध्यो एउटा जनताले-
क्या हो हजुर, यहाँ त हुनुहुन्छ बडी ठाँटमा !

घाँटी तन्काएरै उनले भने-
खुवाइको बखान गर्नेले खाएको देखेको हुनुपर्छ
जुर्नु र रुच्नु भनेको पुर्पुरोमा लेखेको हुनुपर्छ
आफ्नो त कर्मै पर्‍यो खोटो र पो तिमीले देख्यौ मात्र ठाँटमा
ऊ पर हेर त मेरा दाइलाई
क्या मज्जासँग बोकिएर आउँदैछन् खाटमा

आँखामा जिज्ञासा लिएर अगाडि बढ्यो
उसको नजर साच्चिकै चार काँधमाथिको खाटमा पर्‍यो
दुवै छाक खान पाउनु लेखेको थिएन जसको ललाटमा
के जानोस् त्यल्ले खानुको मर्म, सोध्यो हजुर किन खाटमा ?
सास अड्काई अड्काई उनले भने-
बरु माओवादीको होला कुनै सीमा
हामी खाओवादीको के सीमा ?
धन्न गराइराखेका थिए बड्डाले
गतिलैसँग जीवनबीमा

घूस खाको होइन हजुर
मात्र टेस्ट गरेको हुँ
सरकारी ढुकुटीबाट कट गरी
आफ्नोमा यस्सो पेस्ट गरेको हुँ

चर्न जाने सधैं हरियो
सधैं असार साउन
चरौं साथी भए होओस्
देशकै सर्वर डाउन
ए भाइ, म त के ? जम्मा जम्मी खाटमा
मेरा ठुल्दाइ हेर त कस्ता भाग्यमानी
खाँदा-खाँदै पुग्न पाए आर्यघाटमा ।

०००
‘वनिता’ २०६१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यतिमात्र के भनेथेँ

यतिमात्र के भनेथेँ

धीरेन्द्र प्रेमर्षि
गणतन्त्र-गान

गणतन्त्र-गान

धीरेन्द्र प्रेमर्षि
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’