साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोजन

घूस खाको होइन हजुर मात्र टेस्ट गरेको हुँ सरकारी ढुकुटीबाट कट गरी आफ्नोमा यस्सो पेस्ट गरेको हुँ चर्न जाने सधैं हरियो सधैं असार साउन चरौं साथी भए होओस् देशकै सर्वर डाउन ।

Nepal Telecom ad

घाँटी घाँटीसम्म खाई अरमट्ठिएर हिँड्दै गरेका
एक विशिष्टसँग बडो शिष्ट पारामा
सोध्यो एउटा जनताले-
क्या हो हजुर, यहाँ त हुनुहुन्छ बडी ठाँटमा !

घाँटी तन्काएरै उनले भने-
खुवाइको बखान गर्नेले खाएको देखेको हुनुपर्छ
जुर्नु र रुच्नु भनेको पुर्पुरोमा लेखेको हुनुपर्छ
आफ्नो त कर्मै पर्‍यो खोटो र पो तिमीले देख्यौ मात्र ठाँटमा
ऊ पर हेर त मेरा दाइलाई
क्या मज्जासँग बोकिएर आउँदैछन् खाटमा

आँखामा जिज्ञासा लिएर अगाडि बढ्यो
उसको नजर साच्चिकै चार काँधमाथिको खाटमा पर्‍यो
दुवै छाक खान पाउनु लेखेको थिएन जसको ललाटमा
के जानोस् त्यल्ले खानुको मर्म, सोध्यो हजुर किन खाटमा ?
सास अड्काई अड्काई उनले भने-
बरु माओवादीको होला कुनै सीमा
हामी खाओवादीको के सीमा ?
धन्न गराइराखेका थिए बड्डाले
गतिलैसँग जीवनबीमा

घूस खाको होइन हजुर
मात्र टेस्ट गरेको हुँ
सरकारी ढुकुटीबाट कट गरी
आफ्नोमा यस्सो पेस्ट गरेको हुँ

चर्न जाने सधैं हरियो
सधैं असार साउन
चरौं साथी भए होओस्
देशकै सर्वर डाउन
ए भाइ, म त के ? जम्मा जम्मी खाटमा
मेरा ठुल्दाइ हेर त कस्ता भाग्यमानी
खाँदा-खाँदै पुग्न पाए आर्यघाटमा ।

०००
‘वनिता’ २०६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उम्लेपछि चैँ पोखिन्छ है !

उम्लेपछि चैँ पोखिन्छ है...

धीरेन्द्र प्रेमर्षि
कसो होला भन् त बुढी !

कसो होला भन् त...

धीरेन्द्र प्रेमर्षि
यतिमात्र के भनेथेँ

यतिमात्र के भनेथेँ

धीरेन्द्र प्रेमर्षि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x