साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसो होला भन् त बुढी !

हात्ती-गैंडा ओच्छ्याएर त्यसैमाथि ढल्लिस् लाखौँ पर्ने लिपिस्टिक थुतुनोमा दल्लिस् हररर पजेरोमा, लाउँला मायाप्रीति कसो होला भन् त बुढी थाले राजनीति ?

Nepal Telecom ad

धीरेन्द्र प्रेमर्षि :

पुगिसक्यो मान्छे भई बाँच्ने अब मिति
कसो होला भन् त बुढी थाले राजनीति ?

सिद्धान्तको बर्को ओढी ल्याउन पाइने फूट
सिद्धान्तकै घोडा चढी गर्न भ्याइने लूट
गन्हाएरै भए पनि पाइने परिचित
कसो होला भन् त बुढी थाले राजनीति ?

चुनाउअघि नैतिकताको कसम खाइदिउँला
जनता भन्या जन्तु न हुन्, धोती लाइदिउँला
जता खीर, उतैतिर सपारौंला थिति
कसो होला भन् त बुढी थाले राजनीति ?

हात्ती-गैंडा ओच्छ्याएर त्यसैमाथि ढल्लिस्
लाखौँ पर्ने लिपिस्टिक थुतुनोमा दल्लिस्
हररर पजेरोमा, लाउँला मायाप्रीति
कसो होला भन् त बुढी थाले राजनीति ?

०००
सिराहा, वस्तीपुर- हाल काठमाण्डौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उम्लेपछि चैँ पोखिन्छ है !

उम्लेपछि चैँ पोखिन्छ है...

धीरेन्द्र प्रेमर्षि
भोजन

भोजन

धीरेन्द्र प्रेमर्षि
यतिमात्र के भनेथेँ

यतिमात्र के भनेथेँ

धीरेन्द्र प्रेमर्षि
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x