धीरेन्द्र प्रेमर्षिनेपालीय मैथिली हास्यव्यङ्ग्य (३)
हमरा जे ऊ आगि देतै तं हम चित्तापरस उठिका भागि जेवै जस्ता अर्थपूर्ण एव हास्यतत्त्वयुक्त सवादका कारण मलङ्गियाको नाटक सुरु हुनासाथ प्रेक्षालयमा हाँसोको फोहोरा छुट्न थाल्छ।

धीरेन्द्र प्रेमर्षि :
वरमुनिको गुलाफ भएर फक्रने मैथिली हास्यव्यङ्ग्यकारका अगाडि जतिसुकै समस्या उभिए तापनि नेपाली सप्टाहरूले यी प्रतिभाहरूका कतिपय प्रभाव नेपालीय मैथिलहरूले साहित्यमा प्रष्टै परेका छन् । हास्यव्यङ्ग्य लेखनवाट आफूलाई वर्जितै भने गरेनन् । नेपाली भूमिमा पनि आधुनिक मैथिली साहित्यको विकाससंगै हास्यव्यङ्ग्य साहित्य समेत धेर-थोर मात्रामा अगाडि बढेको छ। यस क्रममा पं. मथुरानन्द चौधरी ‘माथुर’ को खण्डकाव्य मूस-महिमालाई एक सशक्त कृतिका रूपमा लिन सकिन्छ । इ.सं. १९६१ मा लेखिएको मूस-महिमालाई मैथिली हास्यव्यङ्ग्यमा एक सशक्त कृति मानिएको छ। यसमा भगवान् विष्णुको एघारौं अवतारका रूपमा मुसालाई स्थापित गरी कविले लेखेका छन्:
दश अवतारक बाद एकादश मूस रूप ई।
पृथ्वीपर अवतरित भेल सङ्कट स्वरूप ई।
पण्डित माथुरले पारम्परिक शैलीका अनैको कृतिहरूको सिर्जना गरी नेपालीय मैथिली साहित्य-भण्डारलाई समृद्ध तुल्याए। यस बीचमा डा धीरेश्वर झा ‘धीरेन्द्र’ बाट मैथिलीमा साहित्य सिर्जनाको वातावरण बन्यो। उनीबाट अनेकौं सम्भावनायुक्त हस्ताक्षर तथा जिज्ञासुहरूले मार्गदर्शन पाए। माधुरको सन्दर्भमा यो कुरा लागू भएन । यसको कारण उत्तको साधनास्थल जनकपुरधाम नभई महोत्तरी जिल्लाको गौशालामा रहनुलाई मान्न सकिन्छ। यदि जनकपुरभन्दा बाहिर बसेर साधना गर्ने साहित्यकारहरूलाई पनि मैथिली साहित्यले मूल धारमा अटाउन सकेको भए मथुरानन्द चौधरी ‘माथुर’ को साहचर्य वा प्रेरणाबाट नेपालीय मैथिली हास्यव्यङ्ग्यले त फस्टाउने मौका पाउने नै थियो, त्यससंगै ओझेलमा परेका सष्टा माथुर पनि व्यापक बन्न सक्दथे ।
नेपालीय मैथिली साहित्यमा हास्यव्यङ्ग्यलाई आधार बनाई ययेष्ट रचना गर्ने अर्का सुप्रसिद्ध सष्टा हुन्- पं. सुन्दर झा ‘शास्त्री। पं शास्त्रीका हास्यव्यङ्ग्य सङ्ग्रह मनेरै चिनिएका कृक्ति त छैनन्, तर छिटफुट रूपमा भने उनका सयौं कविता, दोहा, निबन्ध एवं कथाहरू प्रकाशित छन् र ती फुटकर रचनाहरूले जसले मैथिली साहित्यका पाठकलाई हास्यव्यङ्ग्यको खुराक भरपूर मात्रामा उपलब्ध गराएका छन्। उनीद्वारा सम्पादित नेपालको पहिलो सम्पूर्ण मैथिली पत्रिका फूलपात मा उनले ‘श्री घाघ’ को नामबाट समय के शिलापर र उचितवक्ता’ को नामबाट उचितवक्ताक उचिती गरी दुइटा स्तम्भ लेख्ने गर्दये। यी स्तम्भ हास्यव्यङ्ग्यात्मक प्रक्तिका हुने गर्दथे। ‘
श्री घाघ’ का नामबाट लेखिने ‘समय के शिलापर’ स्तम्भ समसामयिक घटनाहरूमा आधारित रहेर लेखिए तापनि ठाडो गाली वा भनौ निम्नस्तरीय भाषामा कुनै एक पात्र वा प्रवृत्तिविशेषको धतुरो झराइ हुने गर्दथ्यो। यस्ता सामग्रीलाई लेखकले जुनसुकै रूपमा प्रस्तुत गर्ने गरेको भए तापनि साहित्यिक रूपमा त्यसलाई हास्यव्यङ्ग्य भन्न शायद सुहाउँदैन । तर लोककथाहरूलाई आधार बनाएर पण्डित शास्त्रीद्वारा लिखित ‘अपन एक आखि पड़ोसियाक दुन् आंखि’, ‘मानिक पड़ल कुबानिक हाथ’, ‘गोनू झा आ बसुआ’ आदि कथालाई भने निश्चय पनि हास्यव्यङ्ग्य रचनाको कोटिमा राख्न सकिन्छ। उसो त प. शास्त्रीको सुन्दर सतसयी नामक सात सय दोहाको अप्रकाशित सङ्ग्रह एक किसिमले हास्यव्यङ्ग्यकै संगालोको रूपमा विख्यात छ। यो सतसयी प्रकाशित भएको खण्डमा मैथिली हास्यव्यङ्ग्यको फाँटमा एउटा गतिलो कृति बन्न सक्दछ। पं. शास्त्रीका कचा- कविता मात्र नभई विभिन्न साहित्यिक तथा राजनीतिक मञ्चमा उनले दिने गरेका भाषणमा पनि हास्यव्यङ्ग्यको प्राचुर्य रहने गर्दथ्यो ।
सामान्य कुरालाई पनि आफ्ना विशिष्ट शब्द-सयोजनका माध्यमबाट विशेष एवं प्रभावोत्पादक बनाइदिने विलक्षण सामर्थ्य प. शास्त्रीको लेखनीमा थियो । यस कुराको नमूनाका रूपमा वि.स. २०४६ सालमा प्रजातन्त्रको पुनरागमनपछि उच्चस्तरीय जनसङ्ख्या परामर्शदात् समितिले विभिन्न क्षेत्रबाट माग गरेबमोजिम उनीद्वारा प्रस्तुत सुझावलाई पनि लिन सकिन्छ। आफ्नो सुझावको शीर्षक नै उनले राखेका छन्-‘उच्चस्तरीय जनसंख्या परामर्शदात् समितिसँग एक निम्नस्तरीय व्यक्तिको अनुरोध । वस्तुतः उहाँको कुराकानी तथा अभिव्यक्तिको यो एउटा मौलिक शैली थियो। प शास्त्रीका हास्यव्यङ्ग्यात्मक रचनाहरू मूलतः राष्ट्रिय विसङ्गतिप्रति वढ्ता लक्षित रहेका पाइन्छन् । कथनी र करनीबीच तादात्म्यको नितान्त अभाव देखिने कतिपय सन्दर्भप्रति उनले कटाक्ष गरेका छन्-
बैसल जतय सियार सब, नाम सिहदरबार ।
बैंक विचारी नाम पर, कनियो छै ने विचार ।
व्यङ्ग्यात्मक एवं बेबाक अभिव्यक्तिका कारण सुन्दर का ‘शास्त्री’ लाई कुनै मञ्चमा बोलाइनासाथ आम सहभागीहरू हर्पित एवं उत्साहित हुन्थे भने आयोजकहरू आफ्नै समेत खोइरो खनिने भयो भनेर आशङ्कित हुन्थे । उनमा व्यङ्ग्यचेत प्रखर रूपमा भएकै कारण नेपालमा मैथिली हास्यव्यङ्ग्यलाई टेवा पुऱ्याउने कुनै पत्रिकाको कुरा गर्दा पनि शास्त्रीद्वारा सम्पादित ‘फूलपात’ नै अग्रणी पत्रिकाको रूपमा उपस्थित हुन आइपुग्छ। ‘फूलपात’ का विभिन्न अङ्कमा पं. शास्त्रीका व्यङ्ग्यरचनाहरू त प्रकाशित रहन्थे नै, अन्यान्य लेखकका समेत हास्यव्यङ्ग्य रचनाहरू प्रचुर मात्रामा छापिने गर्दथे । वि.सं. २०२५ सालदेखि प्रकाशन प्रारम्भ भई पं. शास्त्रीको देहावसान (वि.सं. २०५५। सम्म चलेको ‘फूलपात’ को आरम्भिक चरणमा नेपालीका प्रतिष्ठित हास्यव्यङ्ग्यकार स्व. श्याम गोतामेको ‘हम अनका आखिमे’ शीर्षक मैथिली व्यङ्ग्य निबन्धका साथै प्रो. नमोनारायण झा, वी. कुमार, रामस्वार्थ ठाकुर, डा हरिश्चन्द्र झा, चन्द्रकिशोर लाल, शेखर झा, दुर्गेशनन्दन झा, नवोनारायण ठाकुर आदि रचनाकारका फुरेका स्वादिला हास्यव्यङ्ग्य सामग्रीहरू छापिएका छन् ।
नेपालको आधुनिक मैथिली साहित्यमा अत्यन्त सम्मानित स्थान प्राप्त तथा आधुनिक मैथिलीका मार्गदर्शक व्यक्तित्व डा. धीरेश्वर झा ‘धीरेन्द्र’ ले प्रायः साहित्यका सबैजसो विधा र शैलीमा भरपूर कलम चलाएका छन्। तर हास्यव्यङ्ग्यलाई भने उनले दह्रोगरी समाएको पाइँदैन। यद्यपि आफ्ना उपन्यास तथा कथाहरूमा उनले बडो चोटिलो व्यङ्ग्यको प्रयोग गर्दै धेरथोर मात्रामा हास्य पनि सिर्जना गरेका छन्। उनको प्रखर व्यङ्ग्ययुक्त रचनाका रूपमा गुम्मा थापड शीर्षक कथालाई लिन सकिन्छ। मूलतः हास्यव्यङ्ग्यमै प्रवृत्त नेदेखिए तापनि त्यस्ता रचनाबाट उनले आफूलाई सर्वचा मुक्त वा पृथक् भने राखेका छैनन् । उनले जातीय अहङ्कार वा सामन्ती संस्कारलाई ब्राह्मणको प्रतीक खडा गरेर त्यस्ता व्यक्तिको मपाइंत्वलाई चित्रित गरेका छन। उनी भारतीय भएर पनि नेपाललाई कर्मभूमि बताउने प्रतिभा हुन् ।
नेपालमा बसेर नेपालीय परिवेशकै यथेष्ट साहित्य सिर्जना गर्ने भोलानाथ झा ‘धूमकेतु’ तथा प्रदीप बिहारीका कथाहरूमा पनि हास्यव्यङ्ग्यको प्रयोग उत्कृष्ट रूपमा भएको पाइन्छ। खास गरी धूमकेतुका अधिकाश कथाहरूमा केन्द्रीय पात्रको चञ्चलता वा हाउभाउले गजबको हास्य सिर्जना गर्ने गर्दछ। उनको बहुचर्चित कया- ‘अगुरवान’, ‘विघटन’ आदिलाई यस कोटिको कथाका रूपमा लिन सकिन्छ। यी दुवै भारतीय स्रष्टाले नेपाललाई कर्मभूमि बनाए ।
यसपछि आफ्ना नाटकहरूमा हास्यव्यङ्ग्यको खुराक भरपूर मात्रामा पस्किने व्यक्तित्वका रूपमा चर्चित नाटककार महेन्द्र मलगिया देखा पर्दछन्। मलङ्गियाका नाटकहरू अत्यन्त सफल हुनुमा ती नाटकहरूमा हास्यव्यङ्ग्यको बाक्लो विस्कुन सुकाइनुले पनि महत्त्वपूर्ण काम गरेको पाइन्छ। उनका ओरिजनल काम, पूस जाइ कि माघ जाड़, गाम नइ सूतैए, प्रेत चाह्य अशौच, छूतहर घैल, देहपर कोठी खसा दिअ, काठक लोक आदि दर्जनौं नाट्यकृतिहरू हास्यव्यङ्ग्यका सुस्वादु व्यञ्जनका रूपमा समेत मैथिली साहित्यमा जानिन्छन्। हमरा जे ऊ आगि देतै तं हम चित्तापरस उठिका भागि जेवै जस्ता अर्थपूर्ण एव हास्यतत्त्वयुक्त सवादका कारण मलङ्गियाको नाटक सुरु हुनासाथ प्रेक्षालयमा हाँसोको फोहोरा छुट्न थाल्छ। कुनै हास्यघरमामा कैद गरेझै दर्शकलाई पेट मिची मिची हसाउँदा-हंसाउँदै कथ्यको प्रवाहमा कति खेर आँखा रसाइदिन्छ भन्ने दर्शक स्वयले थाहा पाउन नसक्नु नै मलगियाका नाटकहरूको सबैभन्दा ठूलो सफलता हो।
मलगियाले नाटकबाट हास्यव्यङ्ग्य पस्कनुका अतिरिक्त प्रो हरिमोहन झाको खट्टर ककाक तरङ्ग में ‘लोढ़ाशङ्करक अभियान’ नामवाट विनोदवातांहरू पनि लेखेका छन्, जसले आमपाठकलाई खट्टर काकाका रोचक एवं तर्कपूर्ण कुराकानी झै हास्यरसमा डुबाउने पनि गरेका छन्। यी विविध रचनाहरूका आधारमा हालका दिनमा महेन्द्र मलङ्गिया नै नेपालीय मैथिली हास्यव्यङ्ग्य फाँटका सबैभन्दा सशक्त हस्ताक्षर हुन् भन्दा अत्युक्ति नहोला ।
क्रमश:
०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































