निर्मल पराजुलीपदक भित्रको साहित्य
साहित्यिक पूजाले नै असल साहित्यको जन्म हुन्छ, चेतनाको ढोका खोल्दैनौ किन साहित्यले समाजको पर्दा उघार्छ पदकका लालचीलाई बुद्धि देऊ ईश्वर ढिलो गर्छौ किन...?

निर्मलरमण पराजुली :
कर्म गर फलको आशा नगर भन्छ भागवत गीताले
तिमी कर्ममा विश्वास गर्दैनौ किन
साहित्य सिर्जना समाजको यथार्थ ऐना
त्यही ऐनामा आफ्नो अस्तित्व खोज्दैनौ किन
सिर्जनाको सफलतामा पदकले ढोका खोल्छ
चाकरीमा गुठी प्रतिस्ठान धाउछौ किन
कलमको निभमा वर्तमान र भविष्य छ
वर्तमान निखारे भविष्य उज्वल बुझ्दैनौ किन
तिमी साहित्यको ढोँगी हौ भने बजारमा
पदक पाइन्छ किनेर छातीमा भिर्दैनौ किन
यदि तिम्रो स्वाभिमानले धिक्कार्छ भने
चाकरीमा होइन कलममा विश्वास गर्दैनौ किन
लक्ष्मीप्रसाद पदकको पछाडि दौडिएको भए
मुनामदन अमर हुँदैनथ्यो सिक्दैनौ किन
सिर्जना अमर नभएको भए, आदिकवि
भानुभक्तको अगाडि हाम्रो शिर झुक्थ्यो किन
साहित्यिक पूजाले नै असल साहित्यको जन्म हुन्छ,
चेतनाको ढोका खोल्दैनौ किन साहित्यले
समाजको पर्दा उघार्छ
पदकका लालचीलाई बुद्धि देऊ ईश्वर ढिलो
गर्छौ किन…??
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































