साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्कली

बुढाले अझै जित्ने तर्कहरु दिएको सुनेर प्रकृतिले हाँस्दै भनिन्,"आफ्नो सृजनामा मात्र भएर भएन। सक्कली साहित्यकार हुन व्यवहार पनि मिल्नुपर्छ बा !"

Nepal Telecom ad

पीपी कोइराला :

प्रकृतिले भनिन्, “तपाईँ मसँग विल्कुलै मेल खानु हुन्न।”
उनले प्रश्न गरे,”किन मेल खानु पर्यो र ?”
प्रकृति मुसुक्क मुसस्कुराउँदै छेउ लागिन्। उनी पनि पछिपछि गए।
“भनन म तिमि जस्तो किन हुनु पर्यो?”उनले कर गर्न थाले।
“संसारको एउटा मान्यता छ म र तपाईँमा एकरुपता नै हुनुपर्छ।” प्रकृतिले झनै गम्भिर भएर भनिन्।

“तिमी सँग मेल नखाने मेरा कुराहरु के के छन्, भन न त ।” बुढा पनि रिसाउँदै बोले।
“तपाईँ यो बुढेसकालसम्म पनि जालझेल गर्न निपूर्ण हुनुहुन्छ। आफ्नो स्वार्थ मात्र हेर्नुहुन्छ, अरुको डाहा गर्नुहुन्छ। अरुको खोइरो खन्न सिपालु हुनुहुन्छ। “प्रकृतिले हाँसीहाँसी उनको प्रवृति भन्दिन्।

“अनि कस्तो हुनु पर्ने त म ?तिमी जस्तै नाङ्गो उदाङ्गो ठाडो र उर्लिएर बगाईहाल्ने जस्तो हुनु ?” उनले रिसाएर दाह्रा किटे।
“हो तपाईँ म जस्तै प्राकृतिक हुनुपर्छ बा ।” प्रकृतिले सम्झाउन थालिन्।
उनले फेरि भनिन्,”अरुलाई निस्वार्थ रुपमा माया र दया खन्याउने करुण रसले भरिएको प्रेमको भण्डार हुनुपर्छ।” उनी अलि पर गइन् र फेरि भनिन्,

“निरंकुशता र बेथिति तोड्न सक्ने सृजनाहरु गर्न सक्नुपर्छ बा !”
बुढा पनि जोसिएर कराए,”मेरा सृजनाहरुमा नवरस छन् त प्रकृति।”

बुढाले अझै जित्ने तर्कहरु दिएको सुनेर प्रकृतिले हाँस्दै भनिन्,”आफ्नो सृजनामा मात्र भएर भएन। सक्कली साहित्यकार हुन व्यवहार पनि मिल्नुपर्छ बा !”

बुढा झसङ्गहुँदै बिउँझिए। सपनामा साक्षात देवी आएकी रहिछिन्।

०००
धरान, सुनसरी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
पी पी कोइराला
पी पी कोइराला
1 year ago

खित्कौली परिवारमा हार्दिक आभार

Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x