साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पदक भित्रको साहित्य

साहित्यिक पूजाले नै असल साहित्यको जन्म हुन्छ, चेतनाको ढोका खोल्दैनौ किन साहित्यले समाजको पर्दा उघार्छ पदकका लालचीलाई बुद्धि देऊ ईश्वर ढिलो गर्छौ किन..??

Nepal Telecom ad

निर्मल रमण पराजुली :

कर्म गर फलको आशा नगर भन्छ भागवत
गीताले तिमी कर्ममा विश्वास गर्दैनौ किन ?
साहित्य सिर्जना समाजको यथार्थ ऐना
त्यही ऐनामा आफ्नो अस्तित्व खोज्दैनौ किन ?

सिर्जनाको सफलतामा पदकले ढोका खोल्छ
चाकरीमा गुठी प्रतिष्ठान धाउँछौ किन ?
कलमको निभमा वर्तमान र भविष्य छ
वर्तमान निखारे भविष्य उज्वल बुझ्दैनौ किन ?

तिमी साहित्यको ढोङ्गी हौ भने बजारमा
पदक पाइन्छ किनेर छातीमा भिर्दैनौ किन ?
यदि तिम्रो स्वाभिमानले धिक्कार्छ भने
चाकरीमा होइन कलममा विश्वास गर्दैनौ किन ?

लक्ष्मी प्रसाद पदकको पछाडि दौडिएको भए
मुनामदन अमर हुँदैनथ्यो सिक्दैनौ किन ?
सिर्जना अमर नभएको भए, आदिकवि
भानुभक्तको अगाडि हाम्रो शिर झुक्थ्यो किन ?

साहित्यिक पूजाले नै असल साहित्यको
जन्म हुन्छ, चेतनाको ढोका खोल्दैनौ किन ?
साहित्यले समाजको पर्दा उघार्छ पदकका
लालचीलाई बुद्धि देऊ ईश्वर ढिलो गर्छौ किन ??

०००
अतृप्त चाहनाको मझेरीमा (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
के बिक्दैन यहाँ ?

के बिक्दैन यहाँ ?

निर्मल पराजुली
बृद्धाश्रमको पुकार

बृद्धाश्रमको पुकार

निर्मल पराजुली
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x