साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रसिला कसिला पाँच ठोक्तक

छातिमा हात राखेर भन त, साहित्यको पुजारी हौ भने किन कलममा बिश्वास नगरि, चाकरीमा अघी सर्छौ ?

Nepal Telecom ad

१.
साहित्यिक कार्यक्रम गर्न भन्दै, सहयोग रकम झार्नेहरू
निम्न स्तरको कार्यक्रम गरेर, चिया बिस्कुट्मा टार्नेहरू
हजारौ हजार दुरुपयोग गर्दै, जुका फुलेझै फुलेका छन्
सङ्घ संस्थाबाट रकम उठाई, आफैंले झ्वाम पार्नेहरू ।

२.
पैँचो जस्तै सम्मान अनि, पुरस्कारको लेनदेन गर्छौ
फेसबुकभित्र प्रमाणपत्र, राखि आफैँ दङ्ग पर्छौं
छातिमा हात राखेर भन त, साहित्यको पुजारी हौ भने
किन कलममा बिश्वास नगरि, चाकरीमा अघी सर्छौ ।

३.
राती स्वास्नी कोल्टे फर्केपछि अर्काकी स्वास्नीलाई प्यारी भन्छ
रातभर कति जनालाई बशमा पारे बिहान औंला भाँचेर गन्छ
नारी जननी हुन् नबुझ्नेले लेखेर कसरी समाज परिवर्तन गर्ला
रातभर फेसबुकमा नाङ्गिएपछि बिहान मर्यादापुरुष श्रीराम बन्छ ।

४.
छोरा छोरी स्वास्नी पाल्न, लोग्ने विदेशमा पैसा कमाउने
स्वास्नी चाहिँ पर पुरुषसङ्ग, रातीसम्म च्याटमा रमाउने
सती साबित्री हुँ भन्छन्, भनेर मात्र के गर्नु यथार्थमा
सबैको आँखा छली छली, पर पुरुषको हात समाउने ।

५.
यहाँ नारीको कारण शोषित, हुने पुरुष कति छन् कति
मनको पीडा आँसु बगाई, धुने पुरुष कति छन् कति
नामर्द भन्लान् भन्ने डरले, कठै आफ्नै हृदय जलाएर
भित्रभित्रै ब्यथा लुकाई, रुने पुरुष कति छन् कति !

सामाखुशी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
के बिक्दैन यहाँ ?

के बिक्दैन यहाँ ?

निर्मल पराजुली
पदक भित्रको साहित्य

पदक भित्रको साहित्य

निर्मल पराजुली
बृद्धाश्रमको पुकार

बृद्धाश्रमको पुकार

निर्मल पराजुली
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x