साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्घेलो

अर्काका पथका विचार हुँडली जात्रा निकालीकन, जो आफ्ना रणनीति स्वार्थ ढुकुटी भर्दै हिँडे सज्जन, भेटें ती अहिले विचार-बिचरा ! भोका भकारीहरू, सोल्टीका अनुरक्त ओठ-निचरा यी ब्रह्मचारी गुरु ।

Nepal Telecom ad

(वि.सं. १९९८ असोज ४ गते जन्मिनु भएका हास्यव्यङ्ग्य स्रष्टा रोहिणी विलास लुइटेल २०७५ साल पाैष ३ गते दिवङ्गत हुनु भएको हो । फित्काैली डटकम उहाँप्रति शब्दश्रद्धा व्यक्त गर्दछ ।)

कामै छैन पटक्क गर्नु जहिल्यै मीठा र चिप्ला कुरा
पड्किन्छन् कि कुरा कि बन्दुक उसै च्याँखे उठेका जुरा
जो अल्छे छ उही त गर्छ सुकिला वार्ता सधै जाँगरी
जे आयो मनमा उगेल्छ बकबक् त्यो उग्र नेतासरि ।

केही छैन परिश्रम भ्रम सधैं पाल्दो बनी सक्रिय
जो अग्राख छ पग्लिँदैन कहिल्यै त्यो बन्धु लोकप्रिय
नाना भाँति विवेक शून्य कथुरी जो हिँड्छ व्यर्थै कुरा
हो झैं लाग्छ उही समाजहितमा लाग्ने दयाको छुरा ।

खातैखात विचार बाँड्छ मलिला ‘खाते बनून् बालक’
लात्तैलात्त भकुर्छ निर्धन-सुधालाई बनी पालक
नेताको शुभनाम हो दिनदिनै निर्लज्जता मण्डित
जो नेता बुझदैन पीर जनताका त्यो भयो पण्डित ।

अर्काका पथका विचार हुँडली जात्रा निकालीकन
जो आफ्ना रणनीति स्वार्थ ढुकुटी भर्दै हिँडे सज्जन,
भेटें ती अहिले विचार-बिचरा ! भोका भकारीहरू
सोल्टीका अनुरक्त ओठ-निचरा यी ब्रह्मचारी गुरु ।

हान्यो भ्वाक्क समाजकोख-नजिकै जान्यो उसैले बुझें
आकाशे उडुवा विचार बटुली पोखे ‘बड़ो’ मानिने
धेरै जो अगुवा यसै पथ हिंड़ी सोज्याउँदैछन् दुनू
यी भन्दा अरू पूजनीयजन यो संसारमा को हुनु ?

आफ्नो आँगन खेलदो छ अहिले यो रक्तको उत्सव
डाकी स्वच्छ विचारका अतिथि क्वै छक्का र पञ्जात्मक
सुम्पी आँगन नै कि ढुक्क सुतने मेरा स्वदेशी जन
अर्घेलो उनलाई तै किन परोस् भन्ने छ मेरो मन ।

‘साउती’ को दोस्रो भागबाट

(राेहिणी विलासकाे तस्विर प्राप्तिका निम्ति उहाँकी छाेरी सङ्गीता लुइटेल र गीता निराैला भण्डारीप्रति फित्काैली कृतज्ञ छ ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुम्लेको कुम्ले बिहे

लुम्लेको कुम्ले बिहे

राेहिणी विलास लुइटेल
ड्याडीमह

ड्याडीमह

राेहिणी विलास लुइटेल
उपरतली

उपरतली

राेहिणी विलास लुइटेल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x