साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इलाम साहित्य मञ्चको २७ औं रचना प्रस्तुति

प्रविधि संयोजन सचिव सोम निरौला र कार्यक्रमको अध्यक्षता/सञ्चालन कवि खोलाघरे साहिंलोले गर्नुभएको थियो ।

Nepal Telecom ad

इलाम साहित्य मञ्चको २७ औं रचना प्रस्तुतिको शृङ्खला २०७९/०४/११ का दिन बेलुका ६ बजेदेखि विद्युतीय माध्यमबाट सञ्चालन गरियो । प्रविधि संयोजन सचिव सोम निरौला र कार्यक्रमको अध्यक्षता/सञ्चालन कवि खोलाघरे साहिंलोले गर्नुभएको थियो ।

रचना प्रस्तुतिको क्रममा जयनारायण भट्टराईले ‘स्व.भानुभक्त भट्टराईको सम्झना’, डा.खगेन्द्रप्रसाद दाहालले ‘वर्षा तर्केर आओस्’, प्रतिभा पौडेलले ‘लेख्नै छ मैंले कथा’, नन्दकुमार सुब्बाले ‘असार आएर गयो’ मुक्तक र ‘क्यानभास’ मीरा काफ्ले पोख्रेलले ‘तिमी भैदिएको भए’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा शारदा पराजुलीले सँगिनीलाई मधुर लयमा गाउनु भयो र साउन महिनासम्बन्धी कविता पनि प्रस्तुत गर्नु भएको थियो भने उर्मिला पन्तले स्वतन्त्र लयमा ‘स्वतन्त्र कविता’ सुनाउनु भयो । मञ्जु मञ्जुभाषिणीले ‘पथिक कविता संग्रहबाट’ ‘नेपाल यो स्वर्ग हो’ शीर्षकको कविता, इन्द्रनारायण सुवेदीले ‘सूक्तिहरू’, होम सुवेदीले ‘माटो’, खोलाघरे साहिंलोले एउटा भक्ति गजल प्रस्तुत गर्नुभएको थियो । टीका सुदीश निरौला र शर्मिला कार्कीले केही शुभकामनाका शब्द मात्रै बोल्नु भएको थियो ।

प्रस्तुत भएका रचनामाथि जयनारायण भट्टराईले सङ्क्षिप्त शैलीमा समीक्षात्मक टिप्पणी गरेपछि कार्यक्रम समापन गरिएको थियो ।

– खोलाघरे साहिँलोको टिपोटबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x