साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई स्रष्टाका कृति लोकार्पण सहित २०९औं भानुजयन्ती

नर्थ क्यारोलाइनाको केरी शहरको नर्थ क्यारी पार्क सेल्टरमा जुलाई २४, आइतबार भानु जयन्तीको अवसर पारेर एक साहित्यिक कार्यक्रमको आयोजना गरियो ।

Nepal Telecom ad

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना/नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको आयोजनामा नर्थ क्यारोलाइनाको केरी शहरको नर्थ क्यारी पार्क सेल्टरमा जुलाई २४, आइतबार भानु जयन्तीको अवसर पारेर एक साहित्यिक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा नर्थ क्यारोलाइना निवासी दुइ साहित्यकारका कृति विमोचन, कृति परिचर्चा रचना वाचन र नेपाली पाठशालाका विद्यार्थीहरू वीच चित्रकला र बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रममा डा ऋषि बस्ताकोटीको मुक्तक संग्रह ‘बिसंगत बस्ती’ र लोककवि सुरेशकुमार भट्टका सोली डोली-लोकवेद, साइनु – लोक काव्य, काँचुली- उक्तक संग्रह, मलाई मन पर्छ- बाल कविता संग्रह र त्रितीय समर कोरोना कहर- हाइकु/कविता संग्रहको एकै साथ लोकार्पण गरियो । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरू ईइश्वर देवकोटा, डा नारायण राजभण्डारी, नगेन्द्र नेउपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल, मुक्तककार बस्ताकोटी र लोककवि सुरेश भट्टले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्नुभयो ।

कार्यक्रममा ई. इश्वर देवकोटाले मुक्तककार बस्ताकोटी र लोककवि भट्टको परिचय प्रस्तुत गर्दै दुवै श्रष्टाको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गर्नुभएको थियो। साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तक विसंगत बस्तीको समीक्षा गर्नुभएको थियो । डा अच्युत शर्मा र कल्पना घिमिरेले मुक्तककारलाई शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका मुक्तकहरू बाचन गर्नुभएको थियो । यस्तै प्रभा पोखरेलले लोककवि भट्टका विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा दुवै स्रष्टाले आ-आफ्नो लेखकीय मन्तव्य समेत राख्नुभएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा नेपाली पाठशालाका विद्यार्थीहरूको विभिन्न उमेर समुहमा विभाजन गरी नेपाल सम्बन्धी चित्रकला प्रतियोगिता र म किन विशेष छु भन्ने विषयमा वक्तृृत्वकला योजना गरिएको थियो । कार्यक्रममा स्थानीय स्रष्टाहरू भगवती न्यौपाने, निर्मला राजभण्डारी, प्रभा पोखरेल, ददीन पाण्डे, दिव्या पाण्डे, दिजा पाण्डे, मनिका चौलगाई, भूमि नेपाली, जानुका पौडेल लगायतले आ-आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रम नर्थ क्यरोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाईको अध्यक्षतामा भएको थियो भने संचालन चाहि सुजाता ढुंगेल र विक्रम गौतमले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x