साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उता म्याउँ म्याउँ

फुटाएर मान्छे गरेछन् रजाई जुटाए कुमान्छे छ नारा लगाई भयो सभ्यतामा अविच्छिन्न घाऊ गलेटा सदा झैं गरे म्याउँ म्याउँ ।

Nepal Telecom ad

रुँदैछन् मुसा यी दुलोमा बसेका
हरामी छ पारा खलोमा पसेका
झरीले गलेका नदेखेर च्याउ
करायो बिरालो उता म्याउँ म्याउँ ।१

अघाएँ नभन्ने अघोरी निकम्मा
बिराएँ न सोच्ने बखेडा र चुम्मा
डराएर भागे लखेटेर झ्याउ
पराया दलाली यता म्याउँ म्याउँ ।२

गरेछन् चलानी बहीदार खाता
लुटेछन् बिहानी लुकाएर नाता
यता कन्दरामा फुलेछन् न ल्याऊ
उनैका मलामी यता म्याउँ म्याउँ ।३

फसेछन् कलोमा नखाऊ भनेको
जनैयुध्द कालो विदेशी रडाको
छ मन्दाकिनीको पखेरा तलाउ
कसैका गुलामी यता म्याउँ म्याउँ ।४

फुटाएर मान्छे गरेछन् रजाई
जुटाए कुमान्छे छ नारा लगाई
भयो सभ्यतामा अविच्छिन्न घाऊ
गलेटा सदा झैं गरे म्याउँ म्याउँ ।५

सुकेका गरामा कुदेछन् सुनामी
र आमा धरामा मसाने अकामी
लुटाएर जम्मै हलेदो छ दाऊ
कुलङ्गार नेता यता म्याउँ म्याउँ ।६

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x