डम्बर घिमिरे‘क’ काे कथा
कठबाँस खाएपछि त्यो कालो कुकुर कल्याङ कल्याङ गर्दै कतैतिर लागेछ। कमला कन्ने केटीले सोचिछन् मैले किनेर ल्याएको कालो कुकुरले काका कृष्णकुमार कार्कीको कुर्कुचै टोकिदियो ।

डम्बर घिमिरे :
केदार, कृष्णकुमार कार्की कोइराला र केशव कटुवाल काँकडभिट्टाबाट कुद्धै कुद्धै कुचो र काँक्रो किन्न कराँची पुगेछन् । कराँची पुगेपछि कुचो र काँक्रो किनेछन् ।
कुचो र काँक्रो किनिसकेपछि काठमाण्डौंबाट आएकी कन्यामकी केशकुमारी कुइँकेलसित एकछिन कुराकानी गरेछन् । कुराकानी गर्दागर्दै पर्तिर कनैयालाल र कैयाँरामको काटाकाट परेछ । उनीहरुलाई कुरोद्वारा सम्झाउन केही कसरत गरेछन्। नमाने पछि कुटेरै, तह लाएछन् ।
त्यसपछि उनीहरुलाई भोक लागेछ, भोक लागेपछि कोशी प्रोजेक्टबाट एक एक काइँयो कुर्कुचे केरा फेरि किनेर ल्याएछन र खाएछन् । खाएपछि कुर्कुचे काँचो केरा कृष्णकुमार कार्कीको किल्किलेमा गएर अड्किएछ अनि किर्लिक किर्लिक गर्न थालेछन् ।
किर्लिक किर्लिक गर्दा गर्दै कराँची पुगेर केही पैसा दिएर किनेर ल्याएको कालो कुकुरले कृष्णकुमार कार्कीको कर्कुचो टोकिदिएछ । किर्लिक किर्लिक गर्दै भए पनि कृष्णकुमार कार्कीले एउटा कठबाँसले त्यो कालाे कुकुरको कुर्कुरे हड्डी नै खुस्किने गरी दिएछन्।
कठबाँस खाएपछि त्यो कालो कुकुर कल्याङ कल्याङ गर्दै कतैतिर लागेछ। कमला कन्ने केटीले सोचिछन् मैले किनेर ल्याएको कालो कुकुरले काका कृष्णकुमार कार्कीको कुर्कुचै टोकिदियो । अब काका रिसाउँछन् भनेर कृष्णकुमार कार्कीको किल्किले आफ्नु काखमा राखेर कान्छी औंलाले किल्किलेमा अड्किएको काँचो केरा झिकी दिइछन् ।
त्यसपछि भने कार्कीले किर्लिक किर्लिक गर्न छोडे छन् कुकुर पनि कङ्ल्याड कङ्ल्याड गर्न छोडेछ ।
०००
विराटनगर, हाल भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































